बृद्धभत्ता दिनै खोज्दैनन सिन्धुलीका गाविस सचिव

http://sindhulidarpan.blogspot.com/2012/07/news_13.html
मिनकुमार दाहाल,सिन्धुली,असार २९ ।
नेपाल सरकारले जेष्ठ नागरिकलाई दिने गरेको वृद्ध भत्ता गाँउ विकास समितीका सचिवले नदिएको भन्दै जिल्ला विकास समिती सिन्धुलीमा आफन्तको ढाडमा वोकिएर आएका एक वृद्धले स्थानिय विकास अधिकारी समक्ष गुनासो गर्नुभयो । भुवनेश्वरी गाविसका सचिव रुपलाल देवकोटाले फागुन देखी असार सम्मको वृद्ध भत्ता नदिएको भन्दै सोही गाविसका ७९ वर्षिया डम्वर वहादुर सार्कीले स्थानिय विकास अधिकारी धु्रववहादुर खड्का समक्ष गुनासो पोखेका हुन । आर्थिक वर्ष सक्कीयो मैले चार महिनाको भत्ता पाइन उहाँले भन्नुभयो ।
वुधवार दिउँसो अर्काको ढाडमा वोकिएर जिल्ला विकास समिती पुगेका डम्वरवहादुर सार्कीले स्थानिय विकास अधिकारी धु्रववहादुर खड्कालाई मैले पाउने वृद्ध भत्ता उपलव्ध गराइ दिन माग गरेका छन् । हाकीम साव मैले फागुन देखी असार सम्मको भत्ता पाइन अर्काको ढाडमा वोकीएरै स्थानिय विकास अधिकारीलाई सार्कीले गुनासो गर्नुभयो ।
सार्कीले वृद्ध भत्ता नपाएको गुनासो गरे पछि स्थानिय विकास अधिकारी खड्काले जिल्ला विकास समितीका पन्जीकाधिकारीलाई वोलाएर तत्काल अशक्त व्यक्तीलाई भत्ता पाउने व्यवस्था मिलाउन आदेश दिएका छन् । भुवेनश्वरी गाविसका सचिव रुपलाल देवकोटा कहाँ छन झिकाएर वृद्धलाई भक्ता दिन लगाउनु स्थानिय विकास अधिकारी खड्काले आदेश गर्नुभयो । जेष्ठ नागरिकलाई राज्यले उपलव्ध गराएको भत्ता जथाभावी अपचलन गरेको भेटीए त्यस्ता सचिवहरुलाई कारवाही गरिने स्थानिय विकास अधिकारी खड्काले वताउनुभयो ।
जिल्ला विकास समितीका कर्मचारी एक वहादुर थापाले वृद्ध भत्ता माग्दै आएका सार्कीको नामको रकमा झिकी सकेको वताएका छन् । डम्वरवहादुर सार्कीले असार सम्मको वृद्ध भत्ता वुझी सकेको भरपाही जिल्ला विकास समितीमा रहेको थापाले वताउनुभयो । गाविस सचिव रुपलाल देवकोटा जिल्ला वाहिर रहेकाले यस सम्बन्धमा वुझ्न सकिएन ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !