आकर्षण वढ्दै सुधारिएको चुल्हो

ऋषि राई,उदयपुर,असार २८ ।  
जिल्लाको कटारी गाविस का विभिन्न वडाका महिलाहरु सुधारिएको चुल्हो प्रति आकर्षित हुन थालेका छन् । समय र दाउराको वचत , स्वास्थ्यमा सुधार आउने तथा सरसफाईमा पनि टेवा पुग्ने भएकाले आकर्षित भएको उनीहरुले वताएका छन् ।
सुधारिएको चुल्हो प्रयोग गर्दा थोरै दाउरा र थोरै समयमा नै खाना पकाउन सकिने र चिम्निको माध्यमवाट धुँवा वाहिर जाने भएकाले आकर्षण वढेको कटारी , ९ भोर्लेकी सन्तोषी शाहीले वताउनुभयो । रिमरेक कटारीको प्राविधिक सहयोगमा गएको वर्षदेखि कटारीका विभिन्न वडामा सुधारिएको चुल्हो निर्माण भैरहेको छ । 
सुधारिएको चुल्होमा खाना पकाउँदै एक महिला
यसै वर्ष मात्रै गाविसको सहयोग रिमरेकको प्राविधकि सहयोग र सहास नेपाल अन्र्तगतको समग्र विकास मुल समिति कटारीको आयोजनामा विभिन्न वडाहरुमा ८० घरमा चुल्हो निर्माण भैरहेको समितिका सचिव देवकुमार सुनुवारले वताउनुभयो । कटारी संगै जिल्ला भरिमा हाल सम्म २ हजार २ सय ४ घरमा सुधारिएको चुल्हो निर्माण भैसकेको रिमरेक क्षेत्रिय कार्यलय कटारी का कार्यक्रम संयोजक धर्म दाहालले वताउनुभयो । 
एक महिना अघिमात्र जिल्लाकै भुट्टार गाविसमा रहेको ६ सय २५ घरधुरीमै सुधारिएको चुल्हो निर्माण गरी भुट्टारलाई घरभित्रको धुँवा रहित गाविस घोषणा गरिएको थियो ।

चुल्हो वनाएर मासिक ४८ हजार 

चिम्टाघारीका अन्दाजि ४५ वर्षिय तारावहादुर तामाङ्गले चुल्हो वनाएरै यो महिना ४८ हजार कमाएका छन् । गाविसको सहयोग र समग्र विकास मुल समिति कटारीको आयोजनामा ८० र अन्य घरमा चुल्हो वनाएर उनले एक महिना भित्रै ४८ हजार कमाएका हुन् । २ वर्ष अघि रिमरेक कटारीवाट चुल्हो वनाउने प्राविधिक तालिम लिएका उहाँले चुल्हो वनाएरै घरखर्च चलाउने आम्दानी गर्दै आएका थिए ।

 पत्येक घरमा चुल्हो वनाएवापत ५ सय लिने उनलाई अहिले चुल्हो वनाउन भ्याई नभ्याई रहेको समितले जनाएको छ । प्रत्येक घरमा चुल्हो वनाए वापत ५ सय लिने उनी दैनिक २ वटा सम्म चुलो वनाउन सक्ने उनले वताउनुभयो । उहाँ भन्नुहुन्छ –सिप मात्र हुनुपर्दो रहेछ पैशा कमाउन र परिवार पाल्न विदेश जानु नपर्ने रहेछ ।


Related

फोटोखबर 3716772978823570187

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item