याहु चलाउनु हुन्छ भने पासवोर्ड परिवर्तन गर्नुस !

http://sindhulidarpan.blogspot.com/2012/07/yahoo.html
राजन लम्साल,लिभिङ विथ आईसीटी ।
इन्टरनेट कम्पनी याहुले आफ्नो प्राविधिक प्रणालीमा ह्याकरहरुले आक्रमण गरेसँगै झण्डै ४ लाख ५० हजार प्रयोगकर्ताका इमेलको पासवर्ड लगायतका सूचना चुहिन सक्ने खतरा बढेको पुष्टि गर्दै यसरी प्रणालीमा आएको खराबीको अनुसन्धान गरिरहेको जनाएको छ ।
डी ३३ डी एस नामक ह्याकर्सको समुहले याहुको भोइस च्याटका प्रयोगकर्तालाई निशाना बनाएको छ | उक्त पासवोर्ड एक वेबसाइटमार्फत सार्बजनिक गरिएको एबीसी न्युज वेबसाइटले जनाएको छ | उसले भनेको छ ‘ तपाइको भोइस याहु एकाउन्ट छ भने पासवोर्ड परिवर्तन गर्नुस’ |
अमेरिकी सेक्युरिटी कम्पनी ट्रस्टेडेस्कले याहु भ्वाइस सँग सम्बन्धित सर्भरमार्फत ह्याकरहरुले प्रयोगकर्ताको इमेलमा आक्रमण गरेका बताएको छ । चर्चित ह्याकर गु्रप डी ३३ डी एसको पछिल्लो ह्याकिङमा हात रहेको बताइएको छ । उक्त समुहले SQL Injection प्रयोग गरेर डाटा अफ्नो अधिनमा लिएको जानकारी दिएको छ |

यसैबीच सोसल नेटवर्किङ साइट र्फमस्पि्रङले ह्याकरहरुको आक्रमणपछि आफ्ना झण्डै ३ करोड पासवर्ड परिवर्तत गरेको छ । साथै उसले प्रयोगकर्ताहरुले आफ्नो पासवर्ड रिसेट गर्न आग्रह गरेको छ । यसअघि पनि ट्विटर, लिंकडिन जस्ता सोसियल साइटका पासवोर्ड ह्याक भएको थियो |
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !