सर्लाहीमा वैदेशिक रोजगारीमा गएका र फर्केकाको तथ्याङ्क संकलन गरिदै

http://sindhulidarpan.blogspot.com/2012/07/news_6282.html
सुरेश बिडारी,सर्लाही,असार २८ ।
सर्लाहीको लालबन्दीमा वैदेशिक रोजगारीमा गएका र फर्केका महिला तथा पुरुषको तथ्याङ्क संकलन गरिने भएको छ । सुरक्षित वैदेशिक रोजगारीका लागि गठन भएको सामाजिक सचेतना समूह सामुदायिक सचेतना समूह सामुदायिक निगरानी केन्द्रले तथ्याङ्क संकलन गर्ने भएको हो ।
केन्द्रले विभिन्न स्थानमा संस्थाको बोर्ड राख्ने, सचेतनामुलक ¥याली निकाल्ने, सचेतनामुलक रेडियो कार्यक्रम चलाउने, पिडितसंग छलफल गरी वैदेशिक रोजगारीमा जाँदा भोगेका र परेका समस्या सम्बन्धी जानकारी लिएर सम्बन्धित निकायमा पठाउने निर्णय पनि गरेको केन्द्रका संयोजक ऋषीराम तिमल्सीनाले जानकारी दिनुभयो ।
केन्द्रले छिटै नै समय मिलाएर विभिन्न चेतनामुलक कार्यक्रम सम्पन्न गर्ने उहाँले बताउनुभयो । युरोपियन युनियन कमिशन र युयन कमनको सहयोगमा मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम) काठमाण्डौको आयोजनामा सर्लाही जिल्लामा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी परियोजनाको संयोजकत्वमा एक महिना अघि केन्द्रको गठन गरिएको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !