सिन्धुलीमा चट्रयाङपर्दा ६ जना घाईते

http://sindhulidarpan.blogspot.com/2012/07/news_7195.html
अञ्जु तामाङ,सिन्धुली,असार २८ ।
सिन्धुलीमा जिल्लामा गएराती चट्रयाङपर्दा ६ जना घाईते भएका छन् । सिन्धुली जिल्ला खाङसाङ गाँउ विकास समिति वडा नंम्वर ७ निवासी भक्त वहादुर क्यापछाकी को घरमा चट्रयाङ पर्दा ललि माया मगर , अम्विका मगर र अन्य चार जना घाईते भएका छन् । गंम्भिर घाईते ललि माया मगर र अंम्विका मगर लाई स्थानिय स्वास्थ्य चौकीको उपचार पछि थप उपचारको लागी काठमाडौँ लाने तयारी भईरहेको स्थानिय भिम वहादुर मगरले जानकारी दिनु भएको छ । अन्य चार जनाको स्थानिय स्वास्थ्य चौकीमै उपचार भैरहेको पनि मगरले जानकारी दिनुभएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !