प्रहरीलाई हातपात गर्ने चार पक्राउ


काठमाडौं,असार  २८  । काठमाडौंको जोरपाटी भगवतीथानस्थित सडकमा प्रहरीलाई हातपात गर्ने चार जना युवालाई प्रहरीले पक्राउ गरेको छ । गएराति महानगरीय प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरी टोलीलाई अत्तरखेलमा अत्याधिक मादक पदार्थ सेवन गरेका चार जना युवाले हातपात गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुलाई मोटर साईकल सहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जोरपाटी–७ बस्ने नुवाकोट जिल्ला गांखर्क–४ का ३२ बर्षीय साईला तामाङ्ग, २४ बर्षीय पुरुषोत्तम बुढाथोकी, २६ बर्षीय कान्छा लामा र ३५ बर्षीय लालसिंह तामाङ्ग रहेको प्रहरीले जनाएको छ । 
प्रहरी नायव निरीक्षक सुरेन्द्र तामाङ्गको नेतृत्वमा रहेको टोलीले चेकिङ्ग गर्ने क्रममा मादक पदार्थ सेवन गरेका साईला तामाङ्गलगायतले विवाद गरेका थिए ।

 बा. २८ प ७८३० नम्बरको मोटर साइकललाई चेकजाँच गर्न खोज्दा तामाङ र पुरुषोत्तम बुढाथोकीले चेकिङ्ग ड्यूटीमा रहेका प्रहरीलाई हातपात गरेको प्रहरीले जनाएको छ । उनीहरुले प्रहरी नायव निरीक्षक तामाङ्गले बोकेको हेण्ड सेट खोसेर तोडफोड गरी क्षतीपुराई दिएका छन् । घटनामा संलग्न वा.२८ प ७८३० र बा .५१ प ६९४२ नम्बरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

Related

विविध 6361536339931137446

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item