ट्राफिक प्रहरीद्धारा दोब्बर राजश्व सङ्कलन


ताप्लेजुङ,साउन २ । 

तेह्रथुममा ट्राफिक प्रहरीले आर्थिक वर्ष ०६८÷६९ मा अघिल्लो वर्षको तुलनामा दोब्बर राजश्व सङ्कलन गरेको छ । नियम विपरित सञ्चालन भएका सवारी साधनलाई कारवाही गरी यस आर्थीक वर्षमा ४ लाख १० हजार ७ सय रुपैँया राजश्व उठाइएको प्रहरीले जनाएको छ । 

जिल्लाका विभिन्न ठाउमा आर्थिक वर्षको सुरुदेखिनै कडाइका साथ जाँच गरिएको र नियमावली विपरित सञ्चालन भएका सवारी साधनलाई कारवाही गरेर राजश्व सङ्कलन गरिएको ट्राफिक प्रहरी कार्यलय तेह्रथुमका प्रमुख सुवास खतिवडाले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा प्रहरीले ३ हजार ४ सय सवारी साधनलाई कारवाही गरेको थियो ।



Related

प्रमूखखबरहरु 3022116417780320356

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item