काभ्रेमा अर्का स्रोतव्यक्तिको पनि मृत्यु

http://sindhulidarpan.blogspot.com/2012/07/news_3634.html
काभ्रे,साउन २ ।
गएको शनिबार बिहान बनेपा–११ बुडोलमा बसको ठक्करबाट घाइते भएका जिल्ला शिक्षा कार्यालय काभ्रेका स्रोतव्यक्ति नवराज तिमल्सिनाको मृत्यु भएको छ । न्यूरो अस्पताल काठमाडौंमा उपचार गराइरहेका तिमल्सिनाको आज बिहान साढे २ बजे उपचारकै क्रममा मृत्यु भएको हो । बसको ठक्करबाट उहाँको फोक्सो र टाउकोमा समस्या देखिएको थियो । आइतबार राति गम्भीर अवस्थामा उपचारइ गराइरहेका तिमल्सिनाको स्वास्थ्यमा हिजो दिनभर सुधार आएको चिकित्सकहरुले बताएका थिए ।
तर गएरातीदेखि नै उहाँको स्वास्थ्य अवस्था विग्रिएको थियो । दुर्घटनामा परी अर्का स्रोतव्यक्ति डेगराज भट्टराईको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनाका घाइते तिमल्सिनाको पनि मृत्यु भएपछि काभ्रेका शिक्षाप्रेमीहरु शोकमा डुबेका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !