डोटीमा फेरि हैजा फैलिएको पुष्टी

http://sindhulidarpan.blogspot.com/2012/07/news_3104.html
डोटी,साउन २ ।
डोटीमा झाडापखालाका विरामीमा हैजाका जिवाणु रहेको पुष्टी भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय डोटी र सेन्टर फर मनिकुलर डाइनामिक्स काठमाण्डौले पठाएको झाडापखलाका बिरामीहरुको दिसा र उनीहरुले प्रयोग गरिरहेको पानी परीक्षण गर्दा हैजाका जिवाणु भेटिएको हो ।
डोटीमा हैजाको जिवाणु फेला परेपछि उच्च सतर्कता अपनाउनुपर्ने जिल्ला अस्पताल डोटीका डाक्टर सृजना गौचनले बताउनुभयो । अहिले सम्म झाडापखालाका विरामी भएको भन्दै औषधी उपचार गरिरहेको बताउँदै जिल्ला स्वास्थ्य कार्यालयका मलेरिया सम्बन्धी अनुगमन तथा मुल्यांकन अधिकृत टेकराज ओझाले बगलेक गाविसमा हैजाको प्रकोप रहेको जानकारी दिनुभयो ।
राष्ट्रिय महामारी तथा रोग नियन्त्रण महाशाखा काठमाण्डौले डोटीको बगलेकमा झाडापखाला नभएर हैजा भएको पुष्टी गरेको हो । बगलेकको वडा नं. ६ र ७ मा जिल्ला जनस्वास्थ्य कार्यालयले शिबिर संञ्चालन गरी झाडापखालाका विरामीको उपचार गरेको थियो । त्यही गाउँमा ३ जनाको झाडापखालाका कारण मृत्यु भए पनि पछिल्लो रिपोर्ट अनुसार उनिहरुको हैजाका कारण मृत्यु भएको पुष्टि जिल्ला जनस्वास्थ्य कार्यालयले गरेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !