एकीकृत माओवादीको विस्तारित बैठक सुरु
http://sindhulidarpan.blogspot.com/2012/07/news_17.html
काठमाण्डौ,साउन २ ।
एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विस्तारित बैठकबाट पार्टीभित्रका गुटउपगुट समाप्त गरेर पार्टीलाई बलियो बनाउनुपर्ने बताउनु भएको छ । आजदेखि राजधानीमा सुरु भएको सातौं विस्तारित बैठकको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले विगतमा पार्टीभित्रको स्वतन्त्रतालाई फराकिलो बनाएका कारण पार्टी विभाजन भएकोतर्फ सङ्केत गर्नुभयो । त्यस्तै उपाध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री डा बाबुराम भङराईले पनि वर्तमान परिवेशमा एकीकृत माओवादीलाई सबैभन्दा ठूलो पार्टी बनाउन र अहिलेको राजनीतिक शुन्यता चिर्न पनि पार्टीलाई एक ढिक्का बनाउनुपर्नेमा जोड दिनुभयो । उद्घाटन सत्रमा शीर्ष नेताहरुले आआफ्नो धारणा राखेका थिए । अहिले केहीबेरमा विस्तारित बैठकको बन्दसत्र सुरु हुनेछ ।
हिजो शुरु हुने भनिएको बैठक धादिङ र नवलपरासीमा भएका गाडी दुर्घटनामा पार्टी कार्यकर्ता समेत परेको भन्दै स्थगित भएको थियो । पाँच दिनसम्म चल्ने बिस्तारित बैठकले आगामी राजनीतिक कार्यदिशा तय गर्नेछ । वैठकमा अध्यक्ष पुष्पकमल दाहालले विगतको समीक्षा गर्दै आगामी कार्यदिशासहितको राजनीतिक दस्तावेज पेस गर्नुहुनेछ । दाहालको दस्तावेजमाथि पोलिटब्युरो र केन्द्रीय समितिमा छलफल भइसकेको छ । वैद्य पक्ष अलग भइसकेपछि एकीकृत माओवादीले रिक्त उपाध्यक्ष, महासचिव र सचिव पद भने खाली नै राख्ने भएको छ । पदाधिकाकारीको पदपूर्तिमा विवाद हुने भन्दै एकीकृत माओवादीले महाधिवेशनमै यसबारे टुंगो लगाउने निर्णय गरेको हो । यसअघि पालुङटार विस्तारित बैठकले जनविद्रोहको कार्यदिशा अनुमोदन गरेको थियो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !