सिन्धुली सौगातद्धारा अनाथलाई सहयोग


पोष्टराज पहाडी,सिन्धुली,साउन २ । सिन्धुली सौगात राष्ट्रिय दैनिक पत्रिकाले आफ्नो वार्षीक उत्सवका अवसरमा सोमबार द्धन्द्धपिडीत बालबालिकालाई शैक्षिक सामाग्री तथा खाद्यान्न वितरण गरेको छ । पत्रिकाले पहिलो वर्षपूरा गरि दोश्रो वर्षमा प्रवेश गरेको अवसरमा सोमबार शैलशिखर कृषक उत्थान संस्थाद्धारा सञ्चालित शैलशिखर अनाथलयका १५ जना बालबालिकालाई शैक्षिक सामाग्री तथा खाद्यान्न वितरण गरेको हो । 

सो अवसरमा सिन्धुली सौगात राष्ट्रिय दैनिक पत्रिकाका प्रकाशक विनोद रायमाझीले पत्रिकाले आगामी दिनहरुमा सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेशन गर्ने बताउनुभयो ।  उहाँले कलमका माध्यमद्धारा जिल्ला लगायत देशैभर घट्ने घटनाहरुलाई जनतासामु पु¥याउन आफु र आफ्नो प्रकाशनमा रहेको सिन्धुली सौगात पत्रिका हरदम लागि पर्ने उल्लेख गर्नुभयो । उहाँले पत्रिकाले जनतासँग प्रत्यक्ष चासो राख्ने किसीमका समचार सम्प्रेशण गरि आगामी दिनमा पाठकका सामु प्रस्तुत हुने धारणा राख्नुभयो । 

विगतको १० वर्षे जनयुद्धका क्रममा तत्कालीन माओवादी र सरकार गरि दुवै  पक्षबाट धेरै परिवारका सदस्यहरुले ज्यान गुमाउनु परेको प्रसंग उल्लेख गर्दै त्यहि परिवारका विस्थापित बालबालिकाका लागि आफ्नो पत्रिकाले सहयोग गरेको बताउनुभयो । थोपा थोपा मिलेर समुन्द्र बन्ने प्रसंग कोट्याउदै उनले अनाथलयमा रहेका बालबालिकाहरुलाइ सबैले सानो–सानो सहयोग गरेमा उनिहरुको उज्वल भविष्य निर्माण  गर्न सहयोग पुग्ने तर्क गर्नुभयो ।  पत्रिकाका अध्यक्ष समेत रहेका रायमाझीले आफ्नो बाबुको भनाई नहुनेलाई दिनु  को स्मरण गर्दै सोहि अनुरुप आफुले अनाथहरुलाई सहयोग गरेको जनाउनुभयो । 

साथै उहाँले आगामी दिनहरुमा पत्रिकाले पाठकको रुचि अनुसार तथा समाजका यथार्थ घटनालाई सम्प्रेशण गर्दै जाने बताउनुभयो  । उहाँले यस समय सम्म पत्रिकालाई सहयोग गर्नुहुने पाठक मित्र, सम्वादाता, विज्ञापन दाता तथा शुभचिन्तकहरुप्रति शुभकामना व्यक्त गर्दै आगामी दिनहरुमा सबैको सहयोग जारी रहने विश्वास व्यक्त गर्नुभयो । साथै सोहि अवसरमा सिन्धुली सौगात राष्ट्रिय दैनिक पत्रिकाकी संरक्षक तथा प्रकाशक एवं अध्यक्ष विनोद रायमाझीकी माता इन्दिरा रायमाझीले रु १ हजार अनाथलयलाई सहयोग गर्नु भएको थियो । सो अवसरमा अध्यक्ष एवं प्रकाशक रायमाझीका बुबा स्वर्गीय जय बहादुर रायमाझीको तस्विरमा माल्यार्पण समेत गरिएको थियो । 

सोहि अवसरमा शैलशिखर कृषक उत्थान संस्थाद्धारा सञ्चालित शैलशिखर अनाथलयका अध्यक्ष विष्णु प्रसाद देवकोटाले बालबालिका देशका कर्णधार भएकोले तिनीहरुको लालन पालनका  लागि सवैको सहयोग अपरिहार्य रहेको उल्लेख गर्नुभयो  ।  हाल सो अनाथलयमा जरायोटार ६ सिन्धुलीका बल बहादुर रमौली मगर, खाङ्साङ १ सिन्धुलीका सन्तोष पूर्वछाने, , भलुवाजोर ८ रामेछापका भेषराज माझी, , कमलामाई नगर पालीका ७ सिन्धुलीका भूवन मगर, रतनचुरा ४ सिन्धुलीकी मञ्जु विक, , रतनचुरा ४ सिन्धुलीकी कमला थापा, रतनचुरा ६ सिन्धुलीकी सानीमाया विक., भद्रकाली ८ सिन्धुलीकी उमालक्ष्मी गौतम, , भिमेश्वर ९ सिन्धुलीकी कविता भुजेल, खाङसाङ २ सिन्धुलीकी  भगवति दर्लामी, रतनचुरा ४ सिन्धुलीकी रामकृष्ण सार्की, पूरानो झागाँझोली ४ सिन्धुलीकी मेनुका बैजु (दमाई), रतनचुरा २ सिन्धुलीकी सुस्मा हायू, रतनचुरा ४ सिन्धुलीका बीरेन्द्र श्रेष्ठ, क्यानेश्वर ६ सिन्धुलीकी सुमित स्याङतान गरी द्धन्द्ध पिडीत तथा बाबुआमा गुमाई अलपत्र परेका बालबालिका रहेको अनाथलयका अध्यक्ष देवकोटाले जानकारी दिनुभयो । 

Related

स्थानिय 565929241028644925

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item