दिदि बलत्कार गर्नेलाई २७ वर्ष जेल

http://sindhulidarpan.blogspot.com/2012/07/sindhuli_4021.html
सिन्धुली , साउन १ ।
सिन्धुलीको पुरानो झाँगाझोली गाविसका रामकुमार थापालाई जिल्ला अदालत सिन्धुलीले २७ वर्षको जेल सजाय सुनाएको छ । १७ वर्षिय थापाले २०६८ साल साउन १० गते सोही ठाउँकी दिदी पर्ने १८ वर्षिय गिता थापालाई जवरजस्ती करणी गरी हत्या गरेको अभियोगमा जेल सजाय भोगिरहेका थापालाई जिल्ला न्यायधिश हरिप्रसाद बगालेको एकल इजलासले आज यस्तो फैसला सुनाएको हो ।
जसमा जबरजस्ती करणी गरेको अभियोगमा ६ बर्ष,हाडनाता करणीमा १ वर्ष र हत्या गरेको अभियोगमा २० बर्ष गरि जम्मा २७ बर्ष जेल सजायको फैसला गरेको जिल्ला अदालतले सिन्धुलीले जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !