नेपाली हिरोइनको आपसी सम्बन्ध


- फिल्म लाइनमा कोही कसैको स्थायी शत्रु र मित्र हुँदैन,' मधुर भण्डाकर निर्देशित हिन्दी फिल्म 'पेज थ्री'को 'थिम' हो यो । तर, यो कुरा बलिउडमा मात्र होइन हलिउड र कलिउडमा पनि उत्तिकै लागू हुन्छ । अन्य पेसामा मित्रता दिगो देखिन्छ । तर, फिल्मी कलाकारिताको क्षेत्रमा भने आज निकै आत्मीय कहलिएको व्यक्ति केही दिनमै कट्टर 
दुस्मन र आजको दुस्मन भोलि नै अनन्य मित्र बनेको उदाहरण थुप्रै छन् । मित्रता र शत्रुता बढ्नुमा अनेक कारण भए पनि कलाकारबीच भने 'इगो'ले भूमिका खेल्ने गरेको छ ।
नेपाली चलचित्र वृत्तमा अन्यको तुलनामा नायिकाबीचको आपसी सम्बन्ध विचित्रको छ । आफ्नोभन्दा समकक्षीको फिल्म हिट भयो भने  होच्याउने, कुरा काट्ने, अनेक प्रपञ्च गरेर उसलाई टिक्नखान नदिनेसम्मका हर्कत हुने गरेका छन् । सफलताको उन्माद, असफलताको तोड, सम्पत्ति, सुन्दरता, अध्ययन तथा पारिवारिक पृष्ठभूमिले समेत हिरोइनबीच एकअर्कामा इष्र्याभाव जन्माउने गरेको छ । कतिपय हिरोइनबीच भने एउटै ब्वाइप|mेन्डका कारण वैमनस्यता हुने गरेको छ । 
नेपाली चलचित्र क्षेत्रमा त्यस्ता कमै हिरोइन छन्, जसको समकक्षीसँग सुमधुर सम्बन्घ छ । एक दशकको करिअरमै आफूलाई पहिलो नम्बरमा राख्न सफल नायिका रेखा थापाको  अन्य हिरोइनसँग खासै आत्मीय सम्बन्ध छैन । उनको मिल्ने साथीमा हिरोइन पर्दैनन् । उनका निकट मित्र फिल्मक्षेत्र बाहिरका महिला छन् । हुन त रेखालाई झगडालु हिरोइनका रूपमा पनि बुझ्ने गरिन्छ । उनको अधिकांश  हिरोसँग मनमुटाव हुने गरेको छ । पहिला निखिल उप्रेती, विराज भट्ट, राजेश हमाल हुँदै केही समय यतादेखि आर्यन सिग्देलसँग उनको बोलचाल बन्द छ । समकक्षी, सहकर्मी हिरोइन इष्र्यालु र कुरौटे स्वभावका भएकाले आफ्नो आत्मीय हुन नसकेको मूल्यांकन उनको छ । यद्यपि, उनको कुनै हिरोइनसँग बोली बाराबार भने छैन । पहिला रेखा र ऋचा घिमिरे निकै मिल्ने साथी थिए । तर, बीचमा गएर उनीहरूबीच केही समय बोलचाल नै बन्द भएको थियो । ऋचाले आफूलाई प्रतिस्पर्धी ठान्ने गरेको सुइँको पाएपछि रेखा चिडिएकी थिइन् । ऋचा पनि आफू रेखाभन्दा के कम भन्ने अभिव्यक्ति दिने गर्दछिन् । ऋचा मैले रेखाभन्दा बढी पढेकी छु भन्ने अहंमा थिइन् भने, रेखाले ऋचा आफूसँग दाँजिएको निको मान्दिनथिइन् । गौरीघाटमा नजिक-नजिक बस्ने रेखा र ऋचाको सम्बन्धमा त्यतिवेला सुधार आएको हो, जतिवेला ऋचाले आफ्नो बिहेमा रेखालाई अनिवार्य उपस्थित हुनुपर्ने आग्रह गर्दै निम्तो कार्ड पठाइन् । रेखा ऋचाको बिहेपार्टीमा गइन् । दुवैले पुराना कुरा बिर्सिएर मित्रताको हात अघि बढाए । त्यसपछि भने उनीहरूको सम्बन्धमा 'दरार' आएको छैन । 
एकताका रेखा र रेजिना उप्रेती पनि निकै मिल्ने साथी थिए । कहिले रेखाको घरमा त कहिले रेजिनाको घरमा पार्टी हुने गथ्र्यो । दुईजना सँगै खान्थे, सँगै सुत्थे । तर, बीचमा उनीहरूको सम्बन्धमा पनि चिसोपना बढ्यो । त्यसको मुख्य कारण थियो, साथीप्रतिको शंका-उपशंका । दुवैले एकअर्काप्रति शंका गर्न थालेपछि उनीहरूबीच केही समय बोली बाराबार भएको थियो । उनीहरूको मनमुटाव लामो समय टिकेन । अन्ततः दुवैले बोली खुलाए । अचेल उनीहरूबीच राम्रो सम्बन्ध छ । 
रेजिना उप्रेती र झरना थापाबीच भने दुई वर्षयता बोलीचाली बन्द छ । उनीहरूबीच झगडा पर्नुको कारण ठूलै छ । हुन त उनीहरूबीच सात वर्षअघि पनि झगडा परेको थियो । दुईचोटिकै झगडाको मुख्य कारण एउटै थियो- झरनाका पति सुनीलकुमार र रेजिनाबीचको निकट सम्बन्ध । दुई वर्षअघि झरनाले राति एघार बजे रेजिना र पति सुनीलकुमारलाई आफ्नो घर  
-बिजुलीबजार) प्रेमलीलारत अवस्थामा भेटेकी थिइन् । त्यसपछि झरनाले रेजिनालाई पिटेकी थिइन् । उनले रेजिनाले आफ्नो पति खोस्ने लागेको आरोप लगाएकी थिइन् । सोही घटनापछि यी दुई नायिकाबीच बोलचाल बन्द छ । झरना रेजिनालाई देखिसहँदिनन्् । रेजिना पनि झरनाको नामै लिन चाहन्नन् । 
पछिल्लो केही समययता चार आमा नायिका- मेलिना मानन्धर, सञ्चिता लुइँटेल, अरुणिमा लम्साल र ऋचा घिमिरेबीच गजबको 'फ्यामिलियर रिलेसन' स्थापित भएको छ । पहिला धमाधम फिल्म खेलुन्जेल यी नायिकाबीच आत्मीय सम्बन्ध थिएन । चारजना चारतिर थिए । सँगै फिल्म खेल्दा तथा कुनै कार्यक्रममा भेट हुँदासमेत औपचारिकता पूरा गर्नेभन्दा बढीको सोधिखोजी हुँदैनथ्यो । तर, आमा बनेपछि यी चार हिरोइनबीच निकै निकटता बढेको छ । अभिनयमा र आमा बनेको हिसाबमा सञ्चिता, अरुणिमा र ऋचाभन्दा मेलिना सिनियर हुन् । मेलिना र ऋचाको घर गौरीघाटमा नजिक-नजिक छ । अरुणिमा कपनमा बस्छिन् भने सञ्चिता भीमसेन गोला बस्छिन् । मेलिना र अरुणिमा छोरीका आमा हुन् भने सञ्चिता र ऋचा छोराकी आमा हुन् । उनीहरू अचेल निकै मिल्ने गर्छन् । एकअर्काको बच्चा, स्वास्थ्य तथा परिवारबारे छिनछिनमा 'अपडेट' हुने गर्छन् । घरनजिक भएकाले एकअर्काको घरमा ऋचा र मेलिनाको आऊजाऊ अलि धेरै हुनेगर्छ भने कहिलेकाहीँ अरुणिमा पनि छोरी बोकेर पुग्ने गर्छिन् । अरुणिमा गर्भवती भएका वेलामा ऋचा, सञ्चिता र मेलिना उनलाई दही चिउरा खुवाउन पुगेका थिए । उनीहरूले आमा बनेपछिका अनुभव एकअर्कामा साट्ने गर्छन् । सबैजना एकसमयका चर्चित हिरोइन भएकाले पनि उनीहरूको कुरा मिल्ने गर्छ । 
एकसमयकी दुई चर्चित नायिका निरुता सिंह र जल शाहबीच कहिल्यै पनि सुमधुर सम्बन्ध थिएन । दक्षिणा फिल्मबाट करिअर सुरु गरेकी निरुता र अवतारबाट हिरोइन बनेकी जलले ठूल्दाइ फिल्ममा सँगै काम गरेका थिए । ठूल्दाइ सुपरहिट भएपछि उनीहरूको पनि डिमान्ड बढ्दै गयो । आफ्नो मान्छे, दर्पणछायालगायत फिल्ममा गरेको रोनाधोना अभिनयका कारण निरुता रातारात हिट भइन् । जलले भने ठूल्दाइपछि नेपाली बाबु, दागलगायत फिल्ममा दमदार अभिनय गरिन् । करिश्मा मानन्धरको गिर्दाे लोकपि्रयताका कारण निरुता र जल ह्वात्तै माथि आए । त्यहीबाट सुरु भयो दुई नायिकाबीच 'इगो' । उनीहरूबीच यतिसम्म मनमुटाव भएको थियो कि जलले कतै निरुताको फोटो देखे च्यातिहाल्थिन् भने निरुताले पनि त्यस्तै गर्थिन् । कालान्तरमा उनीहरू चलचित्र अभिनयबाट आफैँ ओझेलमा पर्दै गए । त्यतिवेला चल्तीमा रहेकी अर्की नायिका थिइन्, विपना थापा । आफ्नै पारा र शैलीका कारण विपनाको सहकर्मी हिरोइनसँग राम्रै सम्बन्ध थियो । पछि अंग्रेजी भाषाको रिभेम्बर मी नामक फिल्मको सुटिङका क्रममा उनी र अरुणिमा लम्सालबीच सम्बन्ध बिगि्रएको थियो । सुटिङका लागि उनीहरू इन्डिया गएका थिए । विपनालाई अंग्रेजी त्यति नआउने, अरुणिमाको अंग्रेजी राम्रो । त्यही कारणले उनीहरू एकले अर्कालाई होच्याउने गर्थे । तर, त्यो समस्या लम्बिरहेन । 
कतिपय हिरोइनले आपसी सम्बन्ध सुधार्न र बिगार्न बेर नै नलगाउने गरेका छन् । निर्देशक सोभित बस्नेतले चिनो फिल्ममा सुनिता गन्धर्वलाई सानो भूमिकामा लिएर हिमचिम बढाएपछि रेजिना उप्रेती 'फायर' भएकी थिइन् । जसकारण रेजिना र सुनिताबीच विवाद भएको थियो । एकदिन शोभितले दुवै हिरोइनलाई मिलाउने योजनामा अफिसमा बोलाए । सम्झाउने कोसिस गरे । तर, दुवैजना चर्काचर्की गर्न थाले । कसैगरी नमानेपछि सोभितले एउटीलाई लात्ताले हानेर खेदे भने अर्कीलाई 
जगल्ट्याउन थाले । कसो-कसो दुवैजना त्यहाँबाट उम्किएर भागे । त्यसपछिका दिनमा भने रेजिना र सुनिता 'अच्छा दोस्त' बने । रेजिना र रञ्जना शर्मा पनि एक समय निकै मिल्ने साथी थिए । 
उनीहरू सँगै हिँड्ने, सुत्ने गर्थे । रेजिना प्रायः रञ्जनाको डेरामा हुने गर्थिन् । पछि उनीहरूबीच पनि सम्बन्ध सुमधर रहिरहन सकेन । एकले अर्काको कुरा काट्ने बानी लागेपछि दुई घनिष्ट संगिनी औपचारिकतामा सीमित रहे ।  मर्यादा फिल्म खेलुन्जेल रञ्जना र अरुणिमा लम्साल पनि निकै मिल्ने साथी थिए । त्यतिवेला रञ्जनाले गरेको गल्तीको अरुणिमाले ढाकछोप गर्थिन् । पछि रञ्जनाले बारम्बार गल्ती गर्दै जान थालेपछि अरुणिमाले साथ छोडेकी थिइन् । दुई वर्षयता रञ्जना अमेरिकामा छिन् । रञ्जनाको अर्की नायिका सोनिया केसीसँग पनि झगडा परेको थियो । उनीहरूले एकले अर्काको कुरा काटेको निहँुमा चर्काचर्की गर्थे ।
आफ्नो ब्वाइप|mेन्ड खोसेको भन्दै मारपिटमा उत्रिएका अभिनेत्री पनि छन्, सिने उद्योगमा । झन्डै सात वर्षअघिको कुरा हो, त्यतिवेला रञ्जना शर्मा र सोभिता सिम्खडा दुवैले एकैजनालाई प्रेम गर्थे । यी दुई 'राजकुमारी'को सपनाका एउटै 'राजकुमार' थिए- निर्देशक श्याम भट्टराई । त्यतिवेला उनी टेलिशंृखला निर्देशनमा चलेका थिए । रञ्जना र सोभिता अवसरको खोजीमा थिए । अविवाहित निर्देशक श्याम पनि के कम ? दुईटीसँग एकैचोटि प्रेम गरे । एउटा दापमा दुईटा तरबार कहाँ अट्थ्यो र ? कुरा धेरै दिन लुक्न सकेन । रञ्जना र सोभिताले एकअर्कालाई आफ्नो प्रेमी खोसेकाले आरोप मात्र लगाएनन्, भुत्ला-भुत्ली पनि गरे । उनीहरूको विवाद निकै समय चलिरह्यो । तर, अन्त्यमा श्यामलाई रञ्जनाले आफ्नो पति बनाइन् । रञ्जना र श्यामले बिहे गरेपछि सोभिता प्रेमपीडामा जल्न पुगिन् । त्यतिवेला उनी निकै दिन श्यामलाई सम्भिmएर बागबजारतिर रुँदै हिँडने गरेकी थिइन् । 
केही समयअघि प्रेमी खोसेको आरोपमा सुष्मा कार्की र विनिता बरालबीच पनि चर्काचर्की परेको थियो । त्यतिवेला सुष्मा निर्देशक सुदर्शन थापाको प्रेममा थिइन् । सुष्माले विनिता आफ्नो प्रेमीसँग लहसिएको भेटेपछि वितण्डा मच्चाएकी थिइन् । अफसोस, त्यसको केही समयपछि उनी र सुदर्शनबीच 'ब्रेकअप' भयो । सुष्मा अहिले पनि विनितालाई देखिसहँदिनन् । विनिताले भने आफू र सुदर्शनबीच अफेयर नचलेको दाबी गर्दै आएकी थिइन् । 
रेखा थापा र नम्रता श्रेष्ठबीच पनि राम्रो सम्बन्ध छैन । रेखा भारतीय निर्माताले निर्माण गर्न लागेको ऋतु नामक फिल्ममा अनुबन्धित भएकी थिइन् । उक्त फिल्ममा नम्रता पनि अनुबन्धित भएको थाहा पाएपछि रेखाले फिल्म 'रिजेक्ट' गरिन् ।  साइनिङ एमाउन्टसमेत फिर्ता गरिन् । नम्रता यौन भिडियोका कारण विवादित भएका कारण रेखाले सँगै काम गर्न नमानेकी हुन् । निशा अधिकारी, ऋचा शर्मा र नम्रता श्रेष्ठबीच राम्राे सम्बन्ध छ । उनीहरू एकअर्कालाई असल साथी ठान्छन् । खुलेरै विवाद भएको त छैन, तर निशा र रेखाबीच पनि सुमधुर सम्बन्ध छैन । उनीहरू एकले अर्कालाई गन्दैनन् । सार्वजनिक समारोहमा भेटिँदा पनि वास्ता गर्दैनन् । केही नायिका मदिराको मातमा एकअर्कासँग झगडा गर्ने बानीका पनि छन् । 

♦ लक्ष्मण सुवेदी/नयाँपत्रिका 

Related

मनोरञ्जन 2625307570799485138

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item