पाइरेसी गर्न गायिकाकै अनुरोध


काठमाडौं : नेपालमा पाइरेसीको विरोध हुन थालेको लामै समय भइसक्यो । पाइरेसीविरुद्ध नियमकानुन बनेका छन् भने स्रष्टा पनि आफ्ना तर्फबाट सकेसम्मको प्रयास गरिरहेका छन् । गायिका रेखा राई भने आफ्ना गीत सकेजति पाइरेसी गर्न दर्शकश्रोतालाई अनुरोध गरिरहेकी छन् । किन त ? ‘अहिले स्थापितहरूको त एल्बम किनेर सुन्ने परिपाटी बसेको छैन । त्यस्तोमा नयाँ गायिकाको एल्बम त झन् कसले किन्ने ? त्यसैले उनीहरूलाई कसैले चिन्दैन । नयाँ गायकगायिकाको कुनै गीत मन पर्‍यो एल्बम किन्दैनन् तर त्यही गीत पाइरेसी गरेर सुन्न भने सक्छन् । यसले नयाँलाई पनि दर्शकश्रोतामाझ चिनाइदिन्छ,’ उनले भनिन्, ‘त्यसैले नयाँ गायकगायिकाका गीत दर्शकश्रोतालाई बिनापैसा सहजै उपलब्ध हुने माध्यम भनेको पाइरेसी नै हो ।’ पाइरेसीबाटै भए पनि श्रोताले गीत सुनिदिए नयाँले पनि चर्चा तथा स्टेज कार्यक्रम पाउने उनको धारणा छ । ‘त्यसैले भन्छु, मेरा गीतचाहिँ सकेजति पाइरेसी गर्दा हुन्छ,’ उनले भनिन् ।
‘संघारमा नटेक परदेशी म भित्र डाक्न सक्दिनँ
झरेमा मायाको फूल मनमा राख्न सक्दिनँ’
अहिले प्राय: सञ्चारमाध्यममा बढीजसो बज्ने गरेको यो गीत उनै शिलाको कस्तो यो मन एल्बमको हो । उनले यो गीत सकेसम्म पाइरेसी गर्न छुट दिएकी हुन् । धनकुटामा जन्मिए पनि इटहरीमा संगीतको प्रशिक्षणसहित चार वर्षअगाडि सांगीतिक क्षेत्रमा प्रवेश गरेकी राईको लक्ष्य प्लेब्याक गायिका बन्ने रहेको छ । त्यसैले अहिले राजधानी आएर संघर्ष गरिरहेकी छन् भने गुरुदेव कामतसँग संगीत प्रशिक्षण लिइरहेकी छन् । त्यसो त गजलतिर पनि लोभिएकी छन् यी गायिका । ‘गजल बढीजसो प्रेमपरक हुने भएकाले यसले चाँडै सबैको मन तान्न सक्छ,’ उनले भनिन् ।
स्कुले जीवनदेखि नै गीतसंगीतमा लागेको बताउने राई सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाउने विश्वासमा छिन् । गाउँघरमा गुन्जने भाकालाई अहिलेका समय सान्दर्भिक पारेर आफूले प्रस्तुत गर्ने गरेकाले गीत सबैले मन पराएको उनको भनाइछ । अचेल गायकगायिकाले एल्बमभन्दा पनि स्टेज कार्यक्रममा समय धेरै बिताउनुपर्ने भएकाले गायिकामा स्वरका साथै आकर्षक गेटअप र ग्ल्यामर हुनुपर्ने धारणा राख्छिन् राई । (सौस)

Related

मनोरञ्जन 5955680092269839448

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item