आँपको रुखबाट खसेर एकको मृत्यु

http://sindhulidarpan.blogspot.com/2012/07/news_5270.html
अछाम,साउन १ ।
अछाम जिल्लाको बस्ती गाविसमा आँपको रुखबाट खसेर एक बालककोे ज्यान गएको छ । वडा नं ६ निवासी कम्माने थापाका ११ वर्षका पुरनबहादुर थापाको ज्यान गएको हो । पाकेको आँप टिप्ने क्रममा चिप्लेर खस्दा थापाको मृत्यु भएको हो । मृतक थापा शिशुसुभार बस्तीमा कक्षा ७ मा अध्यानरत छात्र हुन । असार महिना भित्रै भिरबाट र रुखबाट खसेर अछाममा ५ जनाको ज्यान गइसकेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !