प्रयोग विहीन अवस्थामा शैया

http://sindhulidarpan.blogspot.com/2012/07/news_19.html
मिनकुमार दाहाल,सिन्धुली,साउन ४ ।
वाशेश्वर गाँउ विकास समितीको उप–स्वास्थ्य चौकी निर्माण भएको पाँच वर्ष वितिसक्दा पनि विरामी भर्ना नहुँदा उप–स्वास्थ्य चौकीमा रहेका शैयाहरु प्रयोग विहीन अवस्थामा रहेका छन् । भारतीय राजदुतावासको आर्थिक सहयोगमा पाँच वर्ष अगाडी निर्माण गरिएको उप–स्वास्थ्य चौकी हैवार वेसीमा तिन शैया छन् ।
उप–स्वास्थ्य चौकी हैवार वेसीमा कार्यरत कर्मचारी पदमराज श्रेष्ठले भवन निर्माणसँगै भारतीय राजदुतावासले विरामी भर्ना भएर उपचार गर्न सहयोग पुग्यो भन्ने उदेश्यले उप–स्वास्थ्य चौकीलाई शैया पनि उपलव्ध गराएको वताए । उप–स्वास्थ्य चौकी निर्माण भएको पाँच वर्ष वितिसक्दा पनि यहाँ एक जना विरामी पनि भर्ना भएको रेकर्ड छैनन् श्रेष्ठले भन्नुभयो । शैया प्रयोग विहीन अवस्थामा छन् । राख्दा राख्दै शैया फोहोर मैला भैसक्यो विरामी भर्ना हुन नआएको उहाँको भनाइ छ ।

सामान्या विरामी थोरै संख्यामा आउ छन् अहेव खड्काले भन्नुभयो । हैवास वेसीका स्थानिय वासिन्दा तिलकवहादुर श्रेष्ठले उप–स्वास्थ्य चौकीमा साधन श्रोतको अभावको कारण विरामीहरु एम्वुलेन्स को महँगो भाडा तिरेर उपचार गर्न अन्यत्रै लैजान स्थानीय वासिन्दा वाध्य भएको वताउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !