हत्या अभियोगमा एक भारतिय पक्राउ

http://sindhulidarpan.blogspot.com/2012/07/news_480.html
सुरेश बिडारी,सर्लाही,असोज ३ ।
गोली प्रहार गरी हत्या गरेको अभियोग लागेका एक भारतियलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ । सर्लाही हथिऔल ७ स्थित जमुनीया टोलबाट प्रहरीले भारतको सितामढी रुसनपुर नानकार गाँउ थाना बसविट्टा बस्ने स्याम बाबु राउत कुर्मी पक्राउ गरेको हो । भारतको सितामढी रुसनपुर पञ्चायत धुनियाटोला बस्ने वर्ष २२ को कटरवा भन्ने महमद आलम मन्सुरलाई मारेको अभियोगमा नीजलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कुर्मीलाई भारतिय अपराधिहरु लक्ष्मी राउत कुर्मी लगायतसँग मिलेर २०५५ साल असोज २१ गते गोली प्रहार गरी मन्सुरको हत्या गरेको आरोप लगाइएको छ । कुर्मीलाई सर्लाही जिल्ला अदालतमा म्याद थप गरी जिल्ला प्रहरी कार्यालयमा राखीथप अनुसन्धान भैरहकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । अन्य फरार अभियुक्तहरुको पनि खोजी भैरहेको छ । मन्सुरको शव गोली लागेको अवस्थामा हथिऔल २ छन्कीटोल स्थित नेपाल भारत सिमाना नजिक मनसमारा नदीको पूर्व किनारामा खाली खेतकोडीलमा फेला परेको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !