क्यान्सर पिडीतलाइ सहयोग

उमा के.सी, रामेछाप,साउन ५ । 
क्यान्सर रोगबाट पीडित रामेछाप बावियाखर्क ३ का विश्वाबाबु घिमिरेलाई श्रीजङगण व्यारेक रामेछापले आज २५ हजार ७ सय ५० रुपैया सहयोग गरेको छ । जीवन रक्षाकोलागि आर्थिक सहयोग गरिदिन सबै संग आग्रह गरेका घिमीरेको घरको आर्थिक अवस्था कम्जोर भएकोले उपचारमा समस्या भएपछि उहाका आफन्त एंव रामेछाप गाविस सचिव ओमकार घिमीरेलाई सो रकम आज सकल दर्जाका तर्फबाट गणपति विष्णु कुमार खड्काले हस्ताण्तरण गनुभएको हो । 
गणमा कार्यरत सकल दर्जाहरुले आफ्नो तलबबाट केहि रकम छुट्याएर सहयोग गरेको हो । केहि समय अगाडी हजुरको रेडियो १०२.१ मेगाहर्ज रामेछापबाट २८ वर्षिया घिमीरेको उपचारका लागी सहयोग गरीदिन पटक पटक समाचार प्रसारण भएको थियो । बल्ड क्यान्सरबाट  पीडित विश्वबाबुको ६ महिनदेखि भक्तपुर क्यान्सर अस्पतालमा उपचार भैरहेको र हाल सुधार आएको परिवारले बताएका छन ।

Related

विविध 6021018094058496825

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item