एकीकृत माओवादी विस्तारित बैठकमा आज सात समूहले निष्कर्ष पेस गर्ने

http://sindhulidarpan.blogspot.com/2012/07/news_20.html
काठमाण्डौ,साउन ५ ।
राजधानीमा जारी एकीकृत माओवादीको सातौं विस्तारित बैठकमा समूहगत छलफलको निष्कर्ष सुनाउनेक्रमले आज पनि निरन्तरता पाउने भएको छ । विहान ११ बजेपछि भृकुटीमण्डपमा सुरु हुने विस्तारित बैठकमा आज सात ओटा समूहले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रस्तावको बारेमा लिखित धारणा पेस गर्ने भएका छन् । हिजोको बैठकमा बिभिन्न सात ओटा समूहले समूहगत छलफलको निष्कर्ष लिखित रुपमा पेस गरेका थिए ।
बिभिन्न १४ ओटा राज्य समतिको तर्फबाट आएका छलफलको निष्कर्षपछि अध्यक्ष प्रचण्ड लगायतका शीर्ष नेताहरुले समूहहरुले राखेका जिज्ञासाको जवाफ दिने बताइएको छ । हिजो निष्कर्ष सुनाउने समूहले जनताको हितविपरित काम गर्न थालेकोभन्दै पार्टी र सरकारको आलोचना गरेका थिए । एकीकृत माओवादी पार्टी विभाजनपछि आयोजना गरिएको विस्तारित बैठकले पार्टीको आगामी रणनीति र महाधिवेशनको मिति तय गर्नेे छ । गएको मंगलबारबाट सुरु भएको बिस्तारित बैठकमा राज्यसमिति स्तरका झण्डै पाँच हजार नेता कार्यकर्ता सहभागी छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !