आज बीपी कोइराला स्मृति दिवस मनाइँदै

http://sindhulidarpan.blogspot.com/2012/07/news_21.html
काठमाण्डौ,साउन ६ ।
आज साउन ६ गते, नेपाली काङ्ग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ३० औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा नेपाली काङ्ग्रेस र उसको भ्रातृ संस्थाहरूले विभिन्न कार्यक्रम गर्दैछन् । यही सन्दर्भमा आज काङ्ग्रेसले बीपी सङ्ग्रालय काठमाडौंको सुन्दरीजलमा विशेष कार्यक्रम गर्दैछ ।

राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्त प्रतिपादन गर्नुभएको कोइराला २०१५ सालमा भएको पहिलो संसदीय चुनावपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्न सफल हुनुभएको थियो । तत्कालीन राजा महेन्द्र शाहले प्रधानमन्त्रीबाट बर्खास्त गरी कोइारालालाई जेल राखेका थिए । उहाँ २०२५ सालसम्म आठ वर्ष निरन्तर जेलमै रहनुभयो । त्यसपछि भारत प्रवासमा रहनुभएका कोइराला २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्कनुभएको थियो ।
उच्च राजनीतिक छवि हुँदाहुँदै पनि उहाँले नेपाली साहित्यमा पु¥याउनुभएको योगदानलाई अतुलनीय मानिन्छ । कोइरालाको सुम्निमा, मोदी आइन्, बाबु, आमा र छोरा, नरेन्द्र दादु, तीन घुम्ती तथा हिटलर जस्ता चर्चित उपन्यासहरू नेपाली साहित्यमा चर्चित छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !