माईक्रोसफ्ट पहिलोपटक घाटामा


काठमाडौं,असार ५  ।

 अमेरीकी कम्प्युटर जायन्ट माईक्रोसफ्ट पहिलोपटक घाटामा गएको छ । यो बर्षको दोस्रो चौमासिक अर्थात् अप्रीलदेखि जुन महिनासम्मको व्यापारमा माईक्रोसफ्ट ४९ करोड २० लाख अमेरीकी डलर घाटामा गएको हो ।  

गत बर्ष यही समयमा कम्पनीले ५ अर्ब ९० करोड अमेरीकी डलर फाईदा गरेको थियो । अमेरीकी धनाढ्य बिल गेट्सको माईक्रोसफ्ट सन् १९८६ मा स्टक मार्केटमा सूचीकृत भएयता कम्पनी पहिलोपटक घाटामा गएको अन्तराष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् । माईक्रोसफ्टले स्वामित्व किनेको अनलाईन विज्ञापन सेवा ‘अक्वान्टिभ’ घाटामा गएपछि मूल कम्पनी माईक्रोसफ्टलाई पनि असर परेको बताइएको छ ।

सर्च इन्जिन गगुलसँग प्रतिस्पर्धा गर्न नसेकेको ‘अक्वान्टिभ’ खरिद गर्न माईक्रोसफ्टले सन् २००७ मा ६ अर्ब ३० करोड अमेरीकी डलर खर्च गरेको थियो । यसैबीच माईक्रोसफ्टले आउँदो अक्टोबर महिनामा ‘विन्डोज एट’ ‘अपरेटिङ सिस्टम’ बजारमा ल्याउने भएको छ । विन्डोजको यो भर्सनलाई पछिल्लो एक दशककै उत्कृष्ट उत्पादन भएको माईक्रोसफ्टले दावी गरेको छ ।

Related

प्रविधि 2334249596263871167

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item