एमाओवादीको बैठकमा हानाहान

http://sindhulidarpan.blogspot.com/2012/07/news_299.html
काठमाडौं,साउन ४ । एमाओवादीको विस्तारित बैठकमा कार्यकर्ताबीच कुर्सी हानाहान भएपछि आजको बैठक स्थगित भएको छ । बैठकमा भोजपुरा राज्य समितिको टोली नेता बनाउने विषयमा विवाद भएको बताइएको छ ।
बैठकमा एउटा टोली नेता बनाएकोमा अर्कोलाई बोलाएपछि दुइमा म पहिला बोल्ने भन्ने कुरामा बिबाद बढेको बताइएको छ । यसैबीच विवाद कसरी सुल्झाउने भन्ने बारेमा स्थायी समितिको आपतकालिन बैठक बसिरहेको पनि बताइएको छ । बैठकमा कार्यकर्ताबीच तनाव बढेपछि नेताहरु बाहिरीएका छन ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !