ठेकेदारले चासै नदेखाएपछि सिन्धुलीका दुई युवाले हाले ६० लाखको टेन्डर

http://sindhulidarpan.blogspot.com/2012/07/sindhuli_8523.html
चीना थापा, सिन्धुली,साउन ५ ।
लगातार सूचना प्रकाशित गरेर टेण्डर आह्वान गर्दा समेत कोही टेण्डर हाल्न नआएपछि जिल्ला विकास समिति सिन्धुलीको प्रशासनि खर्च सञ्चालन गर्ने मुख्य आय श्रोतको रुपमा रहेको ढुङा, गिटी र बालुवा ठेक्काको काम अलपत्र परेको थियो । तर सिन्धुलीमा रहेका गणेश अर्डर सप्लायर्स एण्ड केपिभी कन्ट्रक्सन जेभीका दुई यूवाहरुले जिल्लामा कसैले पनि टेण्डर नहालेपछि जिल्ला विकास समितिको आन्तरीक आयस्रोतको रुपमा रहेको यो स्रोतलाई परिचालन गर्न ६० लाखमा टेण्डर हालेका थिए ।
तीन पटकसम्म सूचना प्रकाशित गर्दा समेत कोही नआएर हैरान भएका जिल्ला विकास समिति सिन्धुलीका कर्मचारीहरुले कन्ट्रक्सनका पेशलकुमार काफ्ले र भागवत श्रेष्ठलाई टेण्डर हालेकोमा खुसी व्यक्त गर्दै स्वागत गरेका थिए । काफ्लेले अरुले आम्दानी हुने ठाँउमा मात्रै टेण्डर हाल्ने गरेको तर आफूहरुले जिल्लाको विकासलाई ध्यानमा राखेर टेण्डर हालिएको बताउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !