आठ क्विण्टल गाँजासहित महोत्तरीमा तीन पक्राउ

http://sindhulidarpan.blogspot.com/2012/07/news_2629.html
बर्दिबास,साउन ५ ।
महोत्तरीको हाथिलेट ८ बाट प्रहरीले ठुलो परिमाणमा गाँजासहित ३ जनालाई पक्राउ गरेको छ । मकवानपुरको मनहरी ज्यामिरेबाट बर्दिवास हुदै बा २ ख १९ १५ नं को कन्टेनरमा भारततर्फ लग्न लागिएको ८ क्विन्टल ३९ केजी गाँजासहित ३ जनालाई गएराती ईलाका प्रहरी कार्यालय बर्दिवासले पक्राउ गरेको हो ।
कन्टेनरभित्र २७ पोका गाँजासँगै उदयपुरको कटारी लग्नुपर्ने बियर भएका कार्टुन रहेको प्रहरीले जनाएको छ । लुकाएर लग्ने क्रममा प्रहरीले चितवन अध्यनपुरका चालक रबिन्द्र मुक्तान, मकवानपुर डाँडाखर्क–५ का डीलराज थलन र धादिङ्गका प्रलाद कोईरालालाई पत्राउ गरेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !