एकीकृत माओवादी नेता प्रहरी नियन्त्रणमा , बलात्कारको आरोप


 बैतडी,साउन ६ । स्थानीय एक किशोरीलाई बलात्कार गरेको आरोपमा एकीकृत माओवादी बैतडीका जिल्ला सचिवालय सदस्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिगास–४ बस्ने रामसिंह साउद ‘रोशन’लाई स्थानीय गाँजरी प्रहरी चौकीले घरबाटै नियन्त्रमा लिएको हो । गत असार ३० गते आफन्त पर्ने एक १७ वर्षीया किशोरीलाई सदरमुकाम आउने बेला बैतडीकै पाटनमा बलात्कार गरेको भन्ने पीडित किशोरीको आफन्तको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । 

नागरिकताको प्रमाणपत्र बनाइदिने भन्दै मोटरसाइकलमा राखेर सदरमुकाम ल्याउने क्रममा पाटन बजारस्थित होटेल पानस प्यालेसमा बास बसेका बेला साउदले निज किशोरीलाई बलात्कार गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुल्नआएको बैतडीका प्रहरीनायब उपरीक्षक विष्णुबहादुर कार्कीले बताए । उक्त घटनाबारे कुनै कुरा सार्वजनिक गरेमा ज्यान मार्ने धम्की दिएकाले नागरिकताको प्रमाणपत्र बनाएर किशोरी घर फर्केपछि मात्र यसबारे थाहाभएको आफन्तजनले बताएका छन् ।

बलात्कृत किशोरीको जिल्ला अस्पतालमा स्वास्थ्य जाँच गरिए पनि रिपोर्ट आउन बाँकी रहेको प्रहरीले बताएको छ । पीडित पक्षले कानुनी सहयोगका लागि अन्तरपार्टी महिला सञ्जालमा समेत निवेदन दिएको सञ्जालले बताएको छ । 

Related

राष्ट्रिय 3117992223767237905

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item