काभ्रेमा आमहड्ताल


प्रकाश सुन्दास,काभ्रे,असार ३१ । 

बसको ठक्करबाट मृत्यु भएका स्रोतब्यक्ति डेगराज भट्टराईको परिवारलाई उचित क्षतिपूर्तिके माग राख्दै आज काभ्रेमा आम हड्ताल गरि भएको छ । शिक्षकसँग सम्बन्धीत विभिन्न संघसंगठनहरुले संयुक्त विज्ञप्ति जारी गरी मागपूरा नभए सम्म आमहड्ताल गर्ने बताएका हुन् । विज्ञप्तिमाफर्त जिल्लाका सम्पूर्ण विद्यालय, जिल्ला शिक्षा कार्यालय, स्रोत केन्द्र, यातायात, बजार, कलकारखाना स्वस्फुर्त रुपमा बन्दगरी मागप्रति एक्यबद्धता जनाउन भनिएको छ । 

आमड्तालका कारण अरनिको र बीपी राजमार्गमा विहानै देखि यातायातका साधन सञ्चालनमा आउन सकेका छैन । स्रोतकेन्द्रको कामको सिलसिलामा आ–आफ्नो स्रोत केन्द्र जान पैदल हिडिरहनुभएका स्रोतब्यक्तिहरुलार्इ सहचालकले चाएको  हिमाल तराई यातायातको ना २ ख ५८१२ नम्बर बसले बनेपा नगरपालिका –११ बुडोल स्थित शाखा सडकमा ठक्कर दिदाँ भट्टराईको घटना स्थलमै मृत्यु भएको थियो भने नवराज तिमल्सिना र रामशरण बजगाई गम्भिर घाइते हुनु भएको थियो । मृत्युको विषयलाई लिएर हिजो दिनभर बनेपा क्षेत्र तनाव ग्रस्त बनेको थियो ।



Related

विविध 5792546176378037596

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item