खैरो हिराइनसहित मकवानपुरमा एकजना पक्राउ


मकवानपुर,असार ३१ । 

गएराति खैरो हिराइनसहित मकवानपुरमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरको रातोमाटे ३ स्थित चेकपोष्टमा यात्रुवाहक बस चेकजाँच गर्ने क्रममा बारा जिल्ला बसन्तपुर्वा बस्ने  १९ वर्षीया राजेश सहनीलाई पक्राउ गरिएको हो । 

विरगञ्जबाट काठमाडौंतर्फ जादैं गरेको ना ४ ख १०९९ नं को बसमा यात्रा गरिरहेका सहनीबाट  अन्दाजी एक सय  ग्राम खैरो हिराइन बरामद गरिएको हो । उनलाई अहिले प्रहरी हिरासतमा राखिएको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



Related

विविध 6668441325667026974

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item