बावुराम र प्रचण्डले धोका दिए:विप्लप



म्याग्दी,साउन ५ । 
नवगठित नेकपा–माओवादीका सचिव नेत्रबिक्रम चन्द विप्लवले प्रधानमन्त्री डा बावुराम भट्राई र एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कल्पनै नगरेको कुराहरुमा धोका दिएको आरोप लगाउनुभएको छ । १० बर्से जनयुद्वका प्रस्ताबहरुबाट वावुराम र प्रचण्ड विचलीत हुँदै क्रान्तीकारी आन्दोलनबाट पछाडी हटेर जनतालाई धोका दिएको चन्दले बताउनुभयो । 

क्रान्तिकारी पत्रकार संघ म्याग्दीले आज म्याग्दीको सदरमुकाम वेनीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सचिब विप्लवले अन्तराष्ट्रिय बिमानस्थल जस्तो सम्वेदनशील ठाउँलाई समेत भारतको जिम्मा लगाउन खोज्नु, क्रान्तिकारी आन्दोलनबाट विचलीत बनेर पुन संसदीय व्यवस्थामै फर्कनु, पार्टीमा आर्थिक अनियमीतता हुनुले प्रचण्ड र बाबुरामको नेतृत्व क्षमता प्रश्न चिन्ह् उठेको बताउनुभयो । 

नवगठित नेकपा –माओवादी म्याग्दीका कार्यकर्ताहरुलाई प्रशिक्षण दिन म्याग्दी आउनुभएका विप्लव लगायत, केन्द्रिय सदस्य तथा मगराँत राज्य समितिका ईञ्चार्ज सन्तोष बुढामगर, सेक्रेटरी बाबुराम नेपाली, केन्द्रीय सल्लाहकार हस्तबहादुर केसी लगायतको पत्रकार भेटघाट कार्यक्रममामा उपस्थिती रहेको थियो ।



Related

राष्ट्रिय 5069341876349561012

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item