लुटेरासमूहद्वारा आमा छोरीको हत्या

http://sindhulidarpan.blogspot.com/2012/07/news_9170.html
मकवानपुर,असार २९ ।
लुटेरा समूहले मकवानपुरको भैंसेस्थित एक घरमा लुटपाटपछि आमा छोरीको हत्या गरेको छ । गएराति भैंसे ३, कालिकाटारका ज्ञानबहादुर थापा छिमेकीको घरमा गएको समयमा लुटेराहरुले घरमा लुटपाट गरी ५० वर्षकी गंगामाया थापा र २५ वर्षकी छोरी लक्ष्मी थापाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । किराना पसल सञ्चालन गरेर बसेका छिमेकीको घरमा हत्या तथा लुटपाट भएपछि स्थानीयबासी त्रसित बनेका छन् । प्रहरी टोली घटनास्थलमा पुगी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !