संविधानसभा व्यूताउन दबाव

काठमाडौं,  असार २९ । विभिन्न राजनीतिक दलका पूर्व सभासदहरुले कांग्रेस सभापति सुशील कोइरालासँग भेटगरेर संविधानसभा पुनःस्थापनाका लागि पहल गर्न दबाव दिएका छन् । एमाओवादी, कांग्रेस, एमाले, नेकपा–माओवादी, मधेसी मोर्चालगायत अधिकांश दलका पूर्व सभासदले आज विहान महाराजगञ्जस्थित निवासमा पुगेर कोइरालालाई संविधानसभा पुनःस्थापनामा सहयोग गर्न आग्रह गरेका हुन् ।

पूर्व सभासदहरुको आग्रह पछि सभापति कोइरालाले आफूपनि संविधानसभा पुनःस्थापनाका पक्षमा सकारात्मक रहेको भन्दै पार्टीमा छलफल गर्ने आश्वासन दिएका छन् । ‘संविधानसभा पुनःस्थापना गर्न सभापतिजी सकारात्मक हुनुहुन्छ,’ कोइरालालाई उदृत गर्दै कांग्रेसका पूर्व सभासद शोकार पराजुलीले भन्नुभयो , ‘यस विषयमा पार्टीमा र अन्य दलका साथीहरुसँग छलफल गर्छु भन्नु भएको छ ।’

पूर्व सभासदहरुले तत्काल मुलुकमा निर्वाचन हुन नसक्ने भन्दै नयाँ संविधानमा सहमति गरेर केही समयका लागि संविधानसभा पुनःस्थापना गर्नुपर्ने माग गर्दै आएका छन् । पूर्व सभासदहरु संविधानसभा पुनःस्थापनाको माग गरेर लविङ गरिरहेका समयमा आलोचकहरुले भने संविधानसभा पुनःस्थापना गर्न नहुने जनाउदै आएका छन् । उनीहरुले संविधानसभा पुनःस्थापना हुँदा विकृति बढ्ने दाबी गरेका छन् । जेठ–१४ गते केही समय हुँदै संविधानसभा विघटन भएको भन्दै पूर्व सभासदहरु संविधानसभा पुनःस्थापनाको माग गरेर छलफल, गोष्ठी, अन्तरक्रिया तथा भेटघाट गर्दै आएका छन् ।

Related

राष्ट्रिय 1880162589777096159

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item