लभमा विश्वास लाग्दैन:नायिका नन्दिता केसी

http://sindhulidarpan.blogspot.com/2012/07/entertaintment.html
- नायिका नन्दिता के.सी. लभ अफेयरमा विश्वास गर्दिनन् रे । हरकोहि माया गर्न चाहन्छन मायामा पर्न चाहन्छन् । कसैलाई भित्री हृदयदेखि माया गर्छन् र अरुले पनि त्यस्तै माया गरुन भन्ने चाहन्छन् । तर हाम्री नायिका नन्दिता के.सी. लाई भने त्यस्तो कहिले लागेन रे । यी सब कुरामा उनी समय खेर फाल्न चाहनन् ।
सिनेमा ‘इन्द्रेणी’ बाट कान्छी नायिकाको रुपमा नेपाली रजतपटमा पाइला टेकेकी नन्दिता लभ सभको चक्करमा नफसी सिधै विवाह गर्न चाहन्छिन् । उनलाई लभ रिलेसनसिपमा विश्वास छैन रे । कहिले लभ गरौ जस्तो लागेन ? भन्ने प्रश्नमा नन्दिताले रिलेसनसिपले उनी जुन फिल्डमा छिन त्यसलाई असर गर्छ रे । जसका कारण उनलाई आफू राम्रो काम गर्न सक्दिन की जस्तो लाग्छ रे । किनकी उनको बिचारमा यी कुराहरुले जतिसुकै असर गर्दैनन् भने पनि कतै न कतैबाट असर गरिहाल्छन् । कसैसँग रिलेनसिप भैसकेपछि केहि दायित्व त्यो सँगसँगै आइहाल्छन् । यसो हुँदा उनी जे काम गर्न आएकी हुँ त्यो नहुन सक्छ ।
यसको मतलव यो हैन कि नन्दिताको जीवनमा कोही आएन भन्ने चाहि होइन । तर आफ्नो कामलाई असर गर्छ भनेर त्यति गम्भिर ढङ्गले लिइनन । त्यसैले अब प्रेम गर्ने सम्भावना अझै रहेता पनि सकेसम्म सिधै बिहे नै गर्ने सोचमा छिन । नन्दिताको कुरालाई आधार मान्ने हो भने अबको एक दुई वर्षपछि उनको विवाह बन्धनमा बाँधिने योजना रहेको छ । नन्दिता उनको कामलाई बुझ्ने समझदार व्यक्तिलाई आफ्नो जीवनसाथी बनाउन चाहन्छिन ।
कुरैकुरामा नन्दिताको ११ कक्षामा पढ्दा शाहरुख खानको ‘दिलवाले दुलहनिया ले जांएगे’ हेरेपछि शाहरुख खान सँग क्रस भयो रे । शाहरुख खान सँग क्रस भएकै कारण नन्दिताले हर व्यक्तिमा शाहरुख खान जस्तो मान्छे खोजेर नभेटेकाले अहिलेसम्म प्रेममा नपरेकी हुन कि ? के गर्नु नन्दिता जी शाहरुख त उहिले गौरीखानका भैसके । अब शाहरुखको बाटो कुर्नु भन्दा एउटा मिस्टर राइट खोजेकै राम्रो होला । - साभार:मेरोसिनेमा
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !