खड्काको विरुद्धमा फैसला भयो : जिल्ला सभापतिहरु


काठमाण्डौ,भदौ ८ । 

नेपाली काँगे्रसका जिल्ला सभापतिहरुले पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री खुमबहादुर खड्काका सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसलामा नजिरलाई बेवास्ता गरिएको आरोप लगाएका छन् । राजधानीमा उपलब्ध जिल्ला सभापतिहरुको बैठकले विशेष अदालतबाट सफाइ पाएको भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतबाट ठहर गरी सजाय तोकिएकाले आश्चर्यचकित र दुःखी तुल्याएको भन्दै फैसलामाथि कानुन व्यवसायीसँग सल्लाह गरी न्यायिक पुनरावलोकनका लागि पार्टीले सक्रिय पहल गर्नुपर्ने बताए । 

जिल्ला सभापतिहरुले विसं २०४८ देखि २०६९ सम्म जिल्ला अदालत, पुनरावेदन अदालत, विशेष अदालत, सर्वोच्च अदालतमा काम गरेका न्यायाधीश, रजिस्ट्रार, श्रेस्तेदार र तहसिलदारको सम्पत्ति छानबिन गर्न अधिकारसम्पन्न उच्चस्तरीय आयोग बनाउनुपर्ने र छानबिनपछि स्रोत नखुलेका सम्पत्ति जफत गरी कारबाही गर्नुपर्ने पनि माग गरेका छन् ।       

आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा  काठमाडौँ जिल्ला सभापति भीमसेनदास प्रधानले विशेष अदालतले दिएको सफाइलाई बेवास्ता गर्दै शाही आयोगको प्रतिवेदनलाई आधार मानेर सर्वोच्च अदालतले गरेको निर्णय पुनरवलोकन गरी अविलम्ब सफाइ दिनु नै न्यायसङ्गत हुने बताउनुभयो । सिन्धुपाल्चोकका सभापति मोहनबहादुर बस्नेतले लोकतान्त्रिक विधि र विधानबमोजिम चलिरहेको काँगे्रसलाई सिध्याउने प्रपञ्चका साथ फैसला भएको आरोप लगाउनुभयो ।

Related

विविध 499833263251480429

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item