एकीकृत माओवादीसँग एकता सम्भवना छैन:गजुरेल
http://sindhulidarpan.blogspot.com/2012/08/cp.html
दाङ,भदौ १२ ।
नेकपा–माओबादीका उपाध्यक्ष सीपी गजुरेलले एकीकृत नेकपा माओवादीसँग कुनै पनि हालतमा एकता हुन नसक्ने बताउनुभएको छ । क्रान्तिकारी पत्रकार महासङ्घ दाङले आज दाङको घोराहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा गजुरेलले पुष्पकमल दाहाल प्रचण्ड र डा बाबुराम भट्टराई क्रान्तिको कार्यदिशाबाटै बिचलीत भएकाका कारण एकताका आधारहरु समाप्त भएको बताउनुभएको हो ।
उहाँले आफूहरुले प्रचण्डलाई देशको महानायक बनाए पनि हरेक बिषय र एजेण्डामा आत्मसमर्पण गरेकाले अन्ततः खलनायकको रुपमा सावित भएको टिप्पणी गर्नुभयो । संविधानसभाबाट संविधान नबन्नुको मुख्य कारण सभासद नभई शीर्ष नेताहरु भएकाले मुख्य नेताहरु राजनीतिक घटनाक्रमले असफल शिद्ध भएको धारणा राख्नुभयो । एक अर्को प्रसङ्गमा उपाध्यक्ष गजुरेलले बाह्य शक्तिको बलका कारण बर्तमान सरकार टिकेको आरोप लगाउनुभयो । सहमतिको एक मात्र विकल्प गोलमेच सभा भएकोमा जोड दिदै गजुरेलले सबै राजनीतिक दल, नागरिक समाज, सहभागी सम्मेलन गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !