हलिउड निर्देशकले आत्महत्या गरे


लसएन्जलस : हलिउडका चर्चित निर्देशक स्कटले आत्महत्या गरेका छन् । उनले स्थानीय समयअनुसार आइतबार साढे १२ बजे पेड्रो पुलबाट हाम फालेको प्रत्यक्षदर्शीले एजेन्सीलाई बताए । हलिउड पत्रिका लस एन्जलस टाइम्सले उनको कारमा सुसाइड नोट फेला परेको समाचार छापेको थियो ।

एजेन्सीले जनाएअनुसार उनको सुसाइड नोट कार्यालयमा पनि फेला परेको थियो । त्यसमा के लेखिएको थियो भन्नेबारे भने समाचारमा स्पष्ट पारिएको छैन । ६८ वर्षीय स्कट हलिउडमा डिजिटल प्रविधिको अधिक प्रयोग गर्ने निर्देशकका रूपमा चिनिन्थे । टप गन, डेज अफ थंडर र क्रिमसन टाइमजस्ता एक्सनप्रधान चलचित्र उनैका निर्देशन हुन् । आत्महत्याको कारण अझै खुल्न सकेको छैन । (एजेन्सी)

Related

मनोरञ्जन 6133435264173744696

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item