जग्गाको विषयमा झडप हुँदा महोत्तरीमा दुई गम्भीर घाइते

http://sindhulidarpan.blogspot.com/2012/08/news_2823.html
महोत्तरी,भदौ ५ ।
महोत्तरीको बेलगाछीमा जग्गाको विषयमा झडप हुँदा दुईजना घाईते भएका छन । बेलगाछी ५ कुशमाडीका गोविन्द थापाले आफ्नै भाइ ३० वर्षका अरविन्द थापा तथा छिमेकी १७ वर्षका निरज न्यौपानेलाई चाकु प्रहार गरी गम्भीर घाइते बनाएका छन ।
गणेश थापाले स्थानिय रमेश थापा र साजन थापाको सहयोगमा कुटपिट गरेको पीडित अरविन्दले बताउनुभयो । गम्भीर घाइते भएका अरविन्द र निरजको ईलाका स्वास्थ्य चौकी गौशालामा उपचार भईरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको गोविन्द लगायत अन्यको खोजी कार्य तीब्र बनाएको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक जयनारायण यादवले जानकारी दिनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !