सिन्धुपाल्चोकमा बालबालिकाको मुटु बचाऔँ अभियान



प्रकाश सुन्दास, काभ्रे,भदौ ६ । 

सिन्धुपाल्चोक जिल्लाको ग्रामीण भेगसम्म बालबालिकाको मुटु बचाऔँ अभियान सञ्चालन गरिने भएको छ । टनशील, हाडजोर्नी दुख्ने र बाथ ज्वरोले १५ वर्ष मुनिका बालबालिकाहरुको मुटुमा छिट्टै असर पु¥याउने भएकाले यस्तो रोग देखिएका बालबालिकालाई तत्काल स्वास्थ्य संस्थामा उपचार गराउन जनचेतना सहितको अभियान नेपाल हृदयरोग निवाण प्रतिष्ठान सिन्धुपाल्चोक शाखाले सञ्चालन गर्न लागेको हो । प्रतिष्ठान शाखाले क्षेत्रगत रुपमा विद्यालय स्तरीय मुटु परीक्षण, सार्वजनिक स्थलहरुमा होडिङबोर्ड राख्ने, पर्चा पम्पलेट लगायतका सामग्री वितरण, छलफल, गोष्ठी जस्ता कार्य गर्ने बताएको छ ।

 यसैबीच  आवश्यकता हेरेर निःशुल्क रक्तचाप परीक्षणलाईसमेत अभियानकै रुपमा गाउँ तहसम्म सञ्चालन गर्ने प्रतिष्ठान शाखा सिन्धुपाल्चोकका उपसभापति कमल कक्षपतिले जानकारी दिनुभयो । पछिल्लो समयमा मानव अंग तस्कारहरुको गिरोह नै गाउँ–गाउँमा पुग्न थालेपछि यो अभियानले स्थानीयहरुलाई सचेत गराउने सरोकारवाला निकायहरुले बताएका छन् ।

Related

विविध 3803053428925488702

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item