नेहरू कप फुटबल प्रतियोगिता आजदेखि

http://sindhulidarpan.blogspot.com/2012/08/sports_22.html
काठमाण्डौ,भदो ६ ।
भारतको प्रतिष्ठित फुटबल प्रतियोगिता नेहरु कपको १५ औं संस्करण आजदेखि भारतको राजधानी नयाँ दिल्लीमा सुरु हुँदैछ । जवाहरलाल नेहरु रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा आज दुई पटकको डिफेन्डिङ च्याम्पियन समेत रहेको आयोजक भारतले सिरियाको सामना गर्दैछ । भारत लगातार तेश्रो पटक उपाधि जित्दै ह्याट्रिक गर्ने अभियानमा रहेको छ ।
भारत सन् २००७ र २००९ को संस्करणको विजेता हो । यसपटकको प्रतियोगितामा दक्षिण एसियाका तीन देश नेपाल, भारत र माल्दिभ्ससहित सिरिया र क्यामरुनको सहभागिता रहनेछ । राउन रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टिमले फाइनलको यात्रा तय गर्नेछन् । प्रतियोगितामा नेपालको पहिलो खेल भने भोली माल्दिभ्ससँग हुनेछ । प्रतियोगितामा भाग लिने नेपाली टोली नयाँ दिल्ली पुगिसकेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !