माओवादी जनयुद्धका प्रथम सहिद रामवृक्ष यादवको समृतिसभा आज


जनकपुरधाम,भदौ २ । 
माओवादी जनयुद्धका प्रथम सहिद रामवृक्ष यादवको १८ औ समृतिसभा एकीकृत नेकपा माओवादी र मोहन वैद्य नेतृत्वको नेकपा माओवादीले छुट्टा छुट्टै कार्यक्रम गरी मनाउने भएका छन् । एकीकृत नेकपा माओवादीले धनुषाको बरमझियामा कार्यक्रम गर्न लागेको छ भने मोहन वैद्य नेतृत्वका नेकपा माओवादी र मातृका यादव संयोजक रहेका नेकपा माओवादीले संयुक्त रुपमा धनुषाकै धनुषाधाममा स्मृति सभा मनाउन लागेका छन् । 

यादवको स्मृति सभा बरमझियामा हुँदै आएको थियो तर माओवादी विभाजित भएपछि दुवै पक्षले छुटटा छटुट्ै कार्यक्रमको आयोजना गर्ने भएका छन् । एकीकृत नेकपा माओवादीले बरमझियामा आयोजना गरेको स्मृति सभामा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतले सम्वोधन गर्ने कार्यक्रम छ । यस्तै वैद्य पक्षका नेकपा माओवादी  धनुषाधाममा आयोजना गरेको कार्यक्रममा पार्टीका अध्यक्ष मोहन वैद्य किरणलगायतका नेताले कार्यक्रम गर्नेछन् । कार्यक्रमलाई सफल बनाउन दुबै पार्टीले छुटटा छुटटै रुपमा समिति पनि गठन गरेको छ ।



Related

विविध 1191581746193252695

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item