शिक्षण अस्पतालको डिनमा ढाक्टर सायमी नियुक्त, डाक्टर केसीले अनसन तोडे



काठमाण्डौ,भदौ २ । 
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको डीनमा डाक्टर प्रकाश सायमी नियुक्त हुनु भएको छ । वरियतामा पाँचौं नम्बरमा रहनु भएका सायमीलाई आज त्रिभूवन विश्वविद्यालयले डीनमा नियुक्त गरेको हो । सायमीलाई डीनमा नियुक्त गरेपछि ५ दिनदेखि आमरण अनसनमा बस्नु भएका प्राध्यापक डाक्टर गोविन्द केसीले अनसन पनि तोड्नु भएको छ । उपचारका लागि अस्प्तालमा पुगेका विरामीले जुस खुवाएर डाक्टर केसीको अनसन तोडाएका थिए ।

  डिन नियुक्त भएपछि चिकित्सकहरुले आजैबाट आन्दोलनका सबै कार्यक्रम पनि फिर्ता लिएका छन् । शिक्षण अस्पतालको उपचार सेवा पनि सुरु भएको छ । प्रधानमन्त्री बाबुराम भट्टराईले आजै त्रिभुवन विश्वविद्यालयमा शिक्षण अस्पतालको डीन विवादको समाधान गर्न निर्देशन दिनु भएको थियो । त्रिविका उपकूलपति हीराबहादुर महर्जनले एकलौटी निर्णयका आधारमा वरिष्ठतालाई मिच्दै डाक्टर धर्मकान्त बास्कोटालाई तीन महिनाका लागि निमित्त डीनको जिम्मेवारी दिनु भएको थियो । 

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item