राष्ट्रिय निकास गोलमेचबाट मात्रै सम्भव:गजुरेल



काठमाण्डौ,भदौ २ ।  
नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले गोलमेच सभाबाट विद्यमान राजनीतिक सङ्कटको निकास खोज्नुपर्ने बताउनुभएको छ । अखिल नेपाल शिक्षक सङ्गठनको चौथो राष्ट्रिय सम्मेलनको आज कीर्तिपुरमा उद्घाटन गर्दै उहाँले बढ्दो राजनीतिक सङ्कटका कारण नेपाल असफल राष्ट्र बन्ने अवस्था आउन थालेकाले सम्पूर्ण राजनीतिक दलहरूको गोलमेच सभा आयोजना गरी निकास खोज्नुपर्ने बताउनुभयो । 

संविधानसभाबाट संविधान बन्न नसक्नुमा एनेकपा (माओवादी), नेपाली काँग्रेस, नेकपा एमाले र मधेसवादी मोर्चा प्रमुख जिम्मेवार भएको उहाँले आरोप लगाउनुभयो । नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्दले नेपाली जनताको उन्मुक्तिका लागि सुरु भएको क्रान्ति अन्तिम लक्ष्य प्राप्त नहुँदासम्म निरन्तर बढ्ने बताउनुभयो ।


Related

राष्ट्रिय 8113049015048452732

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item