उर्जा संकट हटाउन सरकार छलफलमा

http://sindhulidarpan.blogspot.com/2012/08/news_7445.html
काठमाण्डौ,भदौ ६ ।
उर्जा संकट समाधान गर्ने र लोडसेडिङ घटाउने उपायका विषयमा सरकारले छलफल सुरु गरेको छ । बढ्दो लोडसेडिङ र उर्जा संकट समाधान गर्ने विषयमा प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराइले अहिले छलफल छलफल गरिरहनु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा मुख्य सचिव, उर्जा सचिव, विद्युत प्राधिकरणका अधिकारी लगायतका सरकारी अधिकारीहरुको सहभागिता छ ।
भारतबाट निर्यात गर्न सकिने विद्युत र अहिले बनिरहेका ठूला जलविद्युत आयोजनाका विषयमा पनि छलफल हुनेछ । बर्षातको समयमा पनि मुलुकमा चर्काे लोडसेडिङ भए पछि त्यसलाई कसरी कम गर्न सकिन्छ भन्ने बारेमा प्रधानमन्त्रीले छलफल गर्न लाग्नु भएको छ । मुल्य बृद्धि सँगै गत सोमवार बाट नेपाल बिद्युत प्राधिकरणले लोडसेडिङको समयमा समेत बृद्धि गरि साताको ४६ घण्टा पु¥याए पछि सर्बसाधारण तथा उद्योगी ब्यबसायी दोहोरो मार खेप्न बाध्य भएका छन ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !