भ्रष्टाचारी ठहर खड्काले फैसला विरुद्ध पुनरावलोकन गर्दै

http://sindhulidarpan.blogspot.com/2012/08/news_22.html
काठमाण्डौ,भदौ ६ ।
सर्वोच्च अदालतद्धारा भ्रष्टाचारी ठहर भएका पूर्वमन्त्री एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काले आज फैसलाविरुद्ध सर्वोच्चमा पुनरावलोकन गर्दै हुनुहुन्छ । आज दलबल सहित दिउँसो सर्वोच्चमा पुगेर पुनरावलोबन गर्ने खड्काका निकटस्थहरुले बताएका छन् । एक साताअघि सर्वोच्च अदालतले नेता खड्कालाई भ्रष्टाचारी ठहर गर्दै डेढ वर्ष कैद र जरिवाना सजाय सुनाएको थियो । फैसलाको एक सातापछि खड्का दिउसो २ बजे अदालत जाने कार्यक्रम छ ।
पुनरावलोकनका लागि सर्वोच्च जानुअघि उहाँ काठमाडौं जिल्ला अदालतमा हाजिर हुने खड्का निकट स्रोतले जनाएको छ । धरौटी राखेर जेल नगई फैसला पुनरावलोकन गर्न पाउनुपर्ने निवेदन लिएर केन्द्रीय सदस्य पुष्पा भुषाल र काङ्ग्रेस निकट कानुन ब्यबसायी शेरबहादुर केसी जिल्ला अदालत जानु हुनेछ । खड्काले जिल्ला अदालत काठमाडौंमा जरिवानाबापतको रकम बुझाउँने तयारी समेत गर्नु भएको छ । खड्कानिकटका सहयोगीहरुले खड्काको जरिवाना रकममा ३० प्रतिशत छुट हुने रकम कटाएर बाँकी रकम जिल्ला अदालत काठमाडौंमा बुझाउँने तयार गरिरहेका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !