आइसीसी क्रिकेटमा नेपालको पहिलो जित


काठमाण्डौ,भदौ ५ । 

आइसीसी अण्डर १९ विश्बकप क्रिकेटमा नेपालले पहिलो जित हात पारेको छ । अष्ट्रेलियामा जारी प्रतियोगिता अन्तर्गत १३ औं स्थानको लागि भएको खेलमा नेपालले नामिवियालाई ३९ रनले हराएको हो । टस जितेर पहिले ब्याटिङ गरेको गरेको नेपालले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २ सय १९ रन बनाएको थियो । जवाफी व्याटिङ थालेको नामिविया ४६ ओभरको खेलमा १ सय ८० रन बनाउँदै अल आउट भएपछि खेल नेपालको पक्षमा आएको हो । यसअघिका चारवटा खेलहरुमा नेपालले लगातार हार बेहोरेको थियो । आजको जितसँगै नेपाल अङ्क तालिकाको पुछारमा हुने संभावनाबाट जोगिएको छ ।

Related

प्रमूखखबरहरु 5369696222903988253

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item