संस्कृति र परम्परा जोगाउन उदयपुरका नेवार समुदाय क्रियाशिल


उदयपुर,साउन २१ । 

लोप हुर्दै गएको संस्कृति र परम्परा जोगाउन उदयपुरका नेवार समु्दाय क्रियाशिल भएका छन् । विशेष कार्यक्रम र महोत्सब बाहेक आफ्नो  संस्कृतिको चर्चा हुन नसकेपछि संस्कृति संरक्षमा उनीहरु आफै जुटेका हुन् । उदयपुरका नेवार समुदायले आफ्नो भाषा संरक्षणका लागि आफ्नै  सक्रियतामा सदरमुकाम गाईघाटमा नेवारी भाषाको कक्षा सकेत संचालन गर्दै आएका छन् । 

झिगु नेवा पुँचको भवनसमेत बनाईसकेका उनीहरुले आफ्नो संस्कृति युवा पुस्तामा पनि हस्तानान्तरण गर्ने उदेश्यले गाईजात्रा सुरुवात हुने एक  महिना अगाडी देखिनै लाखे तथा गाईजात्राको तयारीसमेत गरेको झिगु नेवा  पुचका सचिव गोपाल क्षेष्ठले जानकारी दिनुभयो । हरेक वर्ष नागपन्चिमी देखि कृष्ण अष्ठमीका दिनसम्म मनाईने गाइृजात्राको  अवधिभर  उनीहरुले हरेक दिन साँझमा मृत आत्माको सम्झनामा सदरमुकाम  गाईघाटका लाखे तथा गाईजात्रा निकाल्ने गर्दछ । 

Related

विविध 8764114185748217528

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item