१० दिनपछि वीपी राजमार्गमा वस सञ्चालन



प्रकाश सुन्दास, काभ्रे,साउन २१ । 

बसको ढोकाबाट खसेर मृत्यु भएको विषयलाई लिएर १० दिनदेखि अवरुद्ध बनेको  वीपी राजमार्गमा गएरातिदेखि यात्रुबहाक बस सञ्चालनमा आएको छ । गत ११ गते राजमार्गमा हिमाल तराई यातायातको बा २ ख २४२८ नम्बरको यात्रु बहाक बसको ढोकाबाट खसेर खार्पाचोक गाविस बडा नम्बर ८ की महिला स्वास्थ्य स्वयंम सेविका मानकुमारी मल्लको मृत्यु भएको विषयलाई लिएर बन्द गरिएको थियो ।

तस्विर:वाशु क्षितिज 
  राजमार्ग खुलाउने विषयमा हिजो अबेरसम्म स्थानीय प्रशासन, पीडित पक्ष र यातायात व्यवासायिबीच भएको सर्वपक्षीय वार्तामा यातायात ब्यवसायिले साँढे ३ लाख रुपैयाँ क्षतिपुर्ति दिन तयार भएपछि यातायात खुलेको प्रहरी चौकी भकुण्डेका प्रहरी सहायक निरीक्षक चेतबहादुर कार्कीले जानकारी दिुनभयो । 

स्थानीय बासिन्दाहरुले मुढा तेस्र्याएर राजमार्ग अवरुद्ध पारेपछि बाटो खुलाउन प्रहरीले हिजो दिउँसो बल समेत प्रयोग गरेको थियो । यात्रुबहाक बस सञ्चालनमा आएपछि काभ्रे, रामेछाप, सिन्धुलीको जनजीवन सामान्य बन्दै गएको छ ।

Related

स्थानिय 3761447615675250953

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item