सिन्धुलीमा ट्रकले किच्दा मागिहिड्ने वृद्धको मृत्यु

http://sindhulidarpan.blogspot.com/2012/08/sindhuli_24.html
![]() |
तस्विर:मिनकुमार दाहाल |
सिन्धुली,भदौ ८ ।
सिन्धुलीको कमलामाई नगरपालीका–६ का अपाङ्ग शान्तवहादुर श्रेष्ठलाई ट्रकल किच्दा मृत्यु भएको छ । जिल्ला कृषि विकास कार्यालय अगाडी किच्दा उनी गम्भीर घाइते भएका थिए, उपचारको लागी काठमाण्डौ लादै गर्दा उनको मृत्यु भएको हो ।
उभिएर हिड्न नसक्ने शान्तवहादुर चारपाउ टेकेर सँधै सडकमा माग्दै हिड्ने गर्थे । विहिवार दिउँसो ना ४ ख १२४७ नम्वरको ट्रकले सडकमा हिड्दै गरेका श्रेष्ठलाई किचेको थियो । ट्रकलाई प्रहरीले नियन्त्रणमा लिईसकेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !