मनोरेलका लागि जापान सरकार समक्ष प्रस्ताव




चीना थापा, सिन्धुली,भदौ ७ । 

सिन्धुलीको जुनार उत्पादन हुने क्षेत्रलाई लक्षित गर्दै मनोरेल संचालन गर्नका लागि जुनार केन्द्रिय सहकारी सङ्घले जापान सरकारलाई प्रस्ताव गरेको छ । जुनार सहकारी सङ्घको केन्द्रिय कार्यालय काठमाडौंमा कार्यरत जाइका नेपालका वरिष्ठ स्वयंसेवक गोटो सानले जुनार क्षेत्रमा मनोरेल संचालन गर्ने प्रस्ताव गरेको जुनार सहकारी संघका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद गौतमले जानकारी दिनुभयो । गोटोले ल्याएको प्रस्तावलाई जुनार केन्द्रिय सहकारी सङ्घले अनुमोदन गरेको छ । 

जापानका नागरिक सान सिन्धुली जिल्लाको जुनारलाई व्यवस्थित गर्न जाइका नेपालको तर्फबाट स्वयंसेवकको रुपमा कार्यरत हुनुहुन्छ । मनोरेललाई जापानको पहाडी क्षेत्रमा सफल यातायात साधनको रुपमा लिने गरिएको छ । उकालो आरालोले मनोरेल संचालन गर्न बाधा नपुग्ने भएकाले सिन्धुलीको महाभारत क्षेत्रमा उत्पादन भएको जुनारलाई व्यवस्थित गर्न रेल आवश्यक भएको भन्दै जुनार केन्द्रिय सहकारी संघमार्फत गोटोले जापान सरकारलाई प्रस्ताव गर्नु भएको हो ।

 मनोरेल मझुवा, जलकन्या, रतनचुरा, बासेश्वर, तीनकन्या तथा वितिजोर गाविसमा सन्चालन गरिने कार्यवाहक अध्यक्ष गौतमले बताउनु भयो । जापान सरकार पनि मनोरेलप्रति सकारात्मक देखिएको उहाँले बताउनु भयो । जापानको ग्रामिण क्षेत्रमा संचालन भएको मनोरेल मालढुवानी गर्न तथा मानिस बोक्न प्रयोग गर्ने गरिन्छ ।

Related

फोटोखबर 7442181613241955003

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item