सिन्धुलीमा राहत र अस्थायी शिक्षकलाई छुटै पोशाक

http://sindhulidarpan.blogspot.com/2012/08/sindhuli_7205.html
चिना थापा,सिन्धुली,भदौ ४ ।
राहत तथा अस्थायी शिक्षकहरुले छुटै पोशाकको निर्धारण गरेका छन । नेपाल सरकारले स्थायी र अस्थायी शिक्षकहरु विच विभेद गरेको विरोध स्वरुप उनीहरुले यस्तो निर्णय गरेका हुन । नेपाल सरकारले स्थायी शिक्षकहरुलाई पोशाक भक्ता उपलब्ध गराएको छ । राहत तथा अस्थायी शिक्षकहरुलाई पोशाकको व्यवस्था नगरेकोले विरोध स्वरुप आफुहरुले नै पोशाकको निर्धाराण गरेको नेपाल राहत शिक्षक संगठनका जिल्ला अध्यक्ष सरोज थापाले वताउनुभयो । उनीहरुले अव देखि विद्यालय जादाँ प्याजी रङ्गको सर्ट, फुस्रो कालो रङ्गको पाईन्ट र शिक्षिकाहरुले प्याजी रङ्गको कुर्था सुरुवाल लगाउने निर्णय गरेका छन ।
उनीहरुले स्थायी शिक्षक हरुलाई सरकारले निर्धारण गरेको पोशाक नलगाउन आग्रह समेत गरेका छन् । राहत शिक्षक संगठन सिन्धुलीले हिजो सिन्धुलीमाढीमा पत्रकार सम्मेलन सरकारले शिक्षकहरुलाई समान रुपमा हेर्नुपर्ने बताएका छन् । पूर्व सम्झौता भएका सम्पूर्ण मागहरु पुरा गर्नुपर्ने, सम्पूर्ण राहत शिक्षकहरुलाई पुरानै रेकर्ड कायम रहनेगरी अस्थायी स्थास्यी दरवन्दीसँग मिलान गर्नुपर्ने, शिक्षक परिचय पत्र तत्कालउपलब्ध गराउनुपर्ने, रेकर्ड कायम चिठी दिनुपर्ने, शिक्षा समितिमा आमान्त्रितसदस्य रुपमा नियमित बोलाउनुपर्ने , सबै राहत शिक्षकहरुलाई पोशाकको रकम उपलब्ध गराउनुपर्ने, लगाएतका ८ बुँदे माग उनीहरुले राखेका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !