घट्ट व्यवसायी वढ्दैछन् सिन्धुलीमा



चीना थापा,सिन्धुली,साउन २४ ।
सिन्धुली जिल्लामा घट्ट व्यवसाय गर्नेहरुको संख्यामा वृद्धि हुदै गएको घट्ट व्यवसायी संघको तथ्याङले देखाएको छ । सिन्धुलीका ४२ वटा गाविसमा  ७ सय ९ वटा घट्ट सञ्चालनमा रहेको घट्ट व्यवसायी संघ सिन्धुलीका अध्यक्ष लाल वहादुर श्रेष्ठले बताउनुभयो । जसमा ७२ वटा घट्ट संघबाट नै सञ्चालन भईरहेका छन् भने परम्परा रुपमा सञ्चालन भईरहेका ६ सय ३७ वटा मध्ये ३ सय ३७ वटा संघले सुधारेको र ३ सय वटा सुर्धान बाँकी रहेको  श्रेष्ठले बताउनुभयो । सञ्चालनमा रहेका घट्ट मध्ये १३ वटा लामो मानीका रहेका छन् भने ६ सय ९६ वटा छोटो मानीका रहेका छन् । 

लामो मानीका घट्टबाट विधुतिकरण गर्न सकिने र झागाझोली रातमाटामा सञ्चालित लामो मानीको घट्टबाट ५ किलोवाट क्षमताको जलविधुत सम्पन्न हुने अवस्थामा रहेको ग्रामीण प्रविधि केन्द्र ललितपुरका  सिन्धुली र ओखलढुङ्गाका  फिल्ड सहजकर्ता महेश काफ्लेले बताउनुभयो ।

 लामो मानीका घट्टबाट विधुतिकरणको साथै तेल पेल्न , कुटन, पिसन सबै काम गर्न सकिन्छ भने छोटो मानी घट्टबाट पिसनका कामहरु मात्र हुने गरेको छ । अहिले इन्धनबाट सञ्चलन भएका मिलहरुबाट अत्याधिक कार्वनडाईअक्साइड निस्कने र यसले वातावरणलाई असर गरिरहेको बेलामा घट्ट व्यवसाय प्रभावकारी भएको काफ्लेले बताउनुभयो ।

Related

स्थानिय 313939229128405820

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item