एनसेल कप फुटबल


काठमाण्डौ,भदौ ८ । 

नकआउट फुटबल प्रतियोगितामध्ये सर्वाधिक पुरस्कार राशि भएको एनसेल कप फुटबल प्रतियोगिता हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ एन्फाद्वारा आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा ए डिभिजनमा रहेका १६ वटा क्लबको सहभागितामा यही भदौ २७ गतेदेखि प्रतियोगिता सञ्चालन हुने जानकारी दिइयो ।
 प्रतियोगितामा पहिलो हुने समूहले १५ लाख रुपैयाँ, दोस्रो हुनेले सात लाख रुपैयाँका साथै ट्रफी, पदक एवम् प्रमाणपत्र प्राप्त गर्नेछन् भने सेमिफाइनलमा प्रवेश गर्ने दुई टिमले एक लाख ५० हजार प्राप्त गर्नेछन् । यस्तै उत्कृष्ट फर्वार्ड, मिडफिल्डर, गोलकिपर, डिफेन्स खेलाडी र उत्कृष्ट प्रशिक्षकले रु ७५÷७५ हजार प्राप्त गर्नेछन् । यसैगरी प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने एकजनाले एक थान मोटरसाइकल पाउनेछन् । एन्फाका अध्यक्ष गणेश थापाले प्रतियोगिताका लागि अनुमानित खर्च रु ६८ लाख लाग्ने बताउनुभयो । आगामी असोज २७ गतेसम्म हुने प्रतियोगिताका लागि एनसेल प्रालिले प्रायोजन गर्नेछ  ।

Related

प्रमूखखबरहरु 975826572185245871

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item